
समाजसेवी शिव बिष्टद्वारा आमाबुवाको सम्मानार्थ विद्यालयमा अक्षयकोष स्थापना
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थायी घर भएका शिव बिष्टले आमाबुवाको सम्मानार्थ विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
बिहिबार बिद्यालयको ४६ औं वार्षिकोत्सब तथा अभिभावक भेलामा समाजसेवी बिष्टले आमाबुवाको सम्मानार्थ एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषले गरिब तथा जेहन्दार बिद्यार्थीहरुका लागि अध्ययनमा केहि राहत र हौसला बढोस भन्ने हेतुले आमाबुवाको सम्मानार्थ उक्त कोष स्थापना गरेको समाजसेवी बिष्टले जानकारी दिनुभयो । आफुले अक्षयकोष स्थापनामात्रै नभएर प्रवासमा रहेका साथीहरुबाट आर्थिक संकलन गरी विभिन्न विपदमा राहत ,एकल महिलालाई सम्मान र जाडो मौषमका बेला विपन्न वर्गका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरणको अभियान समेत बेलाबेलामा राडा नेपाल संस्था मार्फत सञ्चालन गराउँदै आएको उहाँको भनाई छ ।
त्यस्तै अघिल्लो वर्ष पुनर्वास–५ स्थित गौरी शंकर माध्यमिक बिद्यालयमा पनि समाजसेमी बिष्ट र उँहाकै दिदि निर्वतमान उपप्रमुख शारदा बिष्टले संयुक्त रुपमा एक लाख २५ हजार ५ सय २५ रुपैँयाको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
नेपालमा हुँदा विभिन्न माध्यमबाट समाज परिवर्तन गर्न खोज्ने समाजसेवी बिष्ट हाल अमेरिकालाई कर्मथलो बनाएर बस्दै आउनुभएको छ ।















