
पुनर्वासका समिर तामाङको “पैसा हेरी” गीत बजारमा
पुनर्वास– कञ्चनपुरको रामबस्ती घर भएका २६ वर्षिय युवा नव गायक समिर तामाङको पहिलो एल्बम “पैसा हेरी” बजारमा ल्याएका छन् ।
सानै उमेरदेखि गायन तर्फ निकै रुचि भएका तामाङले वर्तमान परिप्रेक्ष्यमा माया गर्ने जोडीहरुमा देखिएको व्यवहारलाई चित्रण गर्दै आधुनिक गीत “पैसा हेरी” बजारमा ल्याएका हुन् ।
तामाङ स्वयंकै लय, शब्द र स्वरमा रहेको उक्त गीत माया गर्ने जोडीहरुलाई सचेत र मार्गदर्शको रुपमा प्रस्तुत गरेका छन् ।
काठमाडौंको लब्ली डाँडामा छायांकल गरिएको म्युजिक भिडियोलाई म्युजिक बिनय कार्की र निर्देशन तथा प्यामेरामा दुर्गा बन्तवा राईले साथ दिएका थिए । त्यस्तै भिडियो ईडिट मनोज राई र मेकअप अनिसा चामलिङले गरेको उक्त भिडियो बुधबार आरोही ईन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।
गायक तामाङ दुबई प्रहरीमा करिब तिन वर्षदेखि कार्यरत छन् । आफ्नो सानो प्रयासलाई सम्पूर्ण दर्शकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास रहेको र आगामी दिनमा पनि कला क्षेत्रलाई नभुल्ने नव गायक तामाङले बताएका छन् ।
हेर्नुस भिडियोमा !