Above Article Ad
  • बाढीका कारण विस्थापित दोधारा–चाँदनीका स्थानीयवासी घर फर्किन थाले

    Above Article Content Ad
  • कञ्चनपुर-बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन्

    आइतरवारदेखिको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका विस्थापितहरु घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। उनका अनुसार बुधवार अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना घर फर्किएका छन्।

    Article inline ad #1
  • त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयमा बसेका वडा नं ८ का  २५ घरपरिवारका ७० जना घर फर्किएको प्रवक्ता बोहराले जानकारी दिए। ‘बस्तीमा जमेको पानी घटेपछि उनीहरु घर फर्किन थालेका हुन्”, उनले भने, ‘दोधारा–चाँदनी नगरपालिका–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना जमुना आधारभूत विद्यालय जमुनाघाडीमा बसेका छन्।’

    Article inline ad #2

    कञ्चनपुरमा आइतबारदेखि लगातार तीन दिन भारी वर्षा भएपछि जोगबुढा नदीको बाढी बस्तीमा पस्दा दोधारा–चाँदनी नगरपालिकाका ५२ वटा घर डुबानमा परेका थिए। सो डुबानमा १६५ जना विस्थापित भएका थिए। बाढीले वडा १० र ७ मा रहेको सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानमा परेका परेका थिए।

    दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नं ३ पटराखल्लाका बाढी विस्थापित अझै विद्यालयमा रहेको बताए। “बस्तीमा पानी घटे पनि घरभित्र हिलो भएकाले  बस्न सक्ने अवस्था छैन’, प्रवक्ता धनाडीले भने, ‘उहाँहरू भोलीसम्ममा घर फर्किनुहुन्छ।” विस्थापितको खानपानको व्यवस्थापन स्थानीय सङ्घसंस्थाको सहयोगमा दोधारा–चाँदनी नगरपालिकाले गरिरहेको छ। महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by