Above Article Ad
  • पुनर्वासमा ४५ दिने एडभान्स ब्युटिसियन तालिम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिकामा ४५ दिने एडभान्स ब्युटिसियन तालिम  सम्पन्न भएको छ।

    सोमबार सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै  ४५ दिने एडभान्स ब्युटिसियन तालिम   सम्पन्न भएको हो।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका  अन्तर्गतको उद्यम विकास शाखाको आयोजनामा सञ्चालित तालिम समापन कार्यक्रममा उद्यम विकास शाखाका संयोजक नगरप्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा भएको  थियो । सो समापन कार्यक्रममा उपप्रमुख भुलिया कुमारी राना, पुनर्वास वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर रोकाया, अधिकृत कृष्ण भट्ट लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Article inline ad #2

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तोयप्रसाद शर्माले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै यस्ता सिपमूलक तालिमहरूले स्थानीय युवायुवतीलाई आत्मनिर्भर बन्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

    उहाँले ब्युटिसियन क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरूका लागि स्वदेशमै रोजगारीका साथै वैदेशिक अवसरसमेत खुला हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

    साथै, पुनः ब्युटिसियन तालिम सञ्चालन गरी योग्य सहभागी छनोट गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    फागुन ५ गतेदेखि सञ्चालनमा आएको तालिममा पुनर्वासका ११ वटै वडाहरूबाट २० जना सहभागी रहेका थिए।

    तालिम अवधिभर सहभागीहरूले व्यावसायिक सीप अभिवृद्धि गर्दै व्यवहारिक ज्ञान हासिल गरेका थिए। कार्यक्रममा प्रशिक्षक सपना भण्डारी र बिमला श्रेष्ठलाई  प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो।

    पुनर्वास नगरपालिकाको सभा हलमा सम्पन्न भएको उक्त  कार्यक्रमले स्थानीय तहमा सिपमूलक विकास र आत्मनिर्भरताको प्रभावकारिता झल्काएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6