Above Article Ad
  • बाटोमै सुत्केरी, स्वास्थ्यकर्मीको सक्रियताले सुरक्षित जन्म

    Above Article Content Ad
  • बाजुरा- बाजुराको दुर्गम स्वामिकार्तिक गाउँपालिकामा स्वास्थ्य सेवा र सडक पहुँचको अभाव फेरि उजागर भएको छ।

    अस्पताल पुग्न नपाउँदै एक गर्भवती महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् भने घटनास्थलमै पुगेकी स्वास्थ्यकर्मीको सक्रियताले आमा र शिशुको सुरक्षित सुत्केरी गराइएको छ। बाजुराको स्वामिकार्तिक गाउँपालिका–३, जोरूकी २४ वर्षीया अनिता महताराले अस्पताल पुग्न नपाउँदै अधारी खोलाको बाटोमै शिशुलाई जन्म दिएकी छन्।

    Article inline ad #1
  • प्रसूति सेवा लिन स्वास्थ्य संस्थातर्फ जाँदै गरेकी महतारालाई बाटोमै व्यथा लागेपछि अधारी खोलामा नै शिशु जन्मिएको हो। दुर्गम भौगोलिक अवस्था र सहज यातायातको अभावका कारण उनी समयमै स्वास्थ्य संस्था पुग्न नसकेको बताइएको छ।

    Article inline ad #2

    घटनाको जानकारी पाएलगत्तै जुकोट स्वास्थ्य चौकीबाट खटिएकी अनमी (एमसीएचडब्ल्यू) ज्ञानु शाही घटनास्थलमै पुगेर आवश्यक सुत्केरी सेवा प्रदान गरेकी थिइन्। उनको सक्रियता, साहस र समर्पणका कारण आमा र नवजात शिशुको सुरक्षित रूपमा सुत्केरी गराउन सफल भएको स्थानीयले बताएका छन्।

    यो घटना बाजुरालगायत दुर्गम जिल्लाहरूमा अझै पनि सुरक्षित मातृत्व सेवामा पहुँच चुनौतीपूर्ण रहेको यथार्थको अर्को उदाहरण बनेको छ। सडक, यातायात र स्वास्थ्य सेवाको अभावका कारण धेरै गर्भवती महिलाले अस्पताल पुग्न नपाउँदै बाटोमै सुत्केरी हुनुपर्ने अवस्था अझै कायम छ। स्थानीयले दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवा प्रभावकारी बनाउन स्वास्थ्य पूर्वाधार, एम्बुलेन्स सेवा र सडक पहुँचमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6