
सुमो नदीमा खस्यो, ३ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार टाटा सुमोमा सवार ३ जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ भने चालकसहित ४ जना घाइते भएका छन्। दुर्घटनामा परेर अन्य ३ जना सुनकोशी नदीमा बेपत्ता भएका छन्।
दुर्घटनामा घाइते भएका ४ जनालाई उद्धार गरी तत्काल उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ।
घाइते हुनेहरुमा ओखलढुङ्गा घर भएका २९ वर्षीय आशिष विष्ट (चालक), खोटाङ, दिक्तेल नगरपालिका–३ निवासी ३८ वर्षीया सम्झना राई, सम्झना राईकी १२ वर्षीया छोरी सिवानी राई, खोटाङ, दिक्तेल नगरपालिका–१ निवासी १३ वर्षीय अंकित विक रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्व पर्दछ। हाल खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी, थप उद्धार तथा घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।















