Above Article Ad
  • पुनर्वासमा कार र मोटरसाइकल ठोक्किए, दुई जना घाईते

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा कार र मोटरसाइकल एकआपसमा ठोक्किएपछि दुर्घटना भएको छ।

    पुनर्वास नगरपालिका वडानम्बर ५ को दोधा र सिमरीबीचको हुलाकी सडकखण्डमा बिपरित दिशाबाट आएको मोटरसाइकल र कार एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन।

    Article inline ad #1
  • प्रहरीका अनुसार बेलौरी नगरपालिका–६ बस्ने बलदेव सिंह बुडालले चलाएको प्रदेश नम्बर ३०१–००२ च ९४९२ नम्बरको सेतो रङको टोइटा कारले धनगढीबाट बेलौरी आइरहेको सु प प्र ०२–००३ प ५०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।

    दुर्घटनामा लालझाडी गाउँपालिका–६ बस्ने २५ वर्षीय मोटरसाइकल चालक अर्जुन चौधरीको बाया खुट्टामा चोट लागेको छ भने पछाडि सवार धनगढी उपमहानगरपालिका–२ बस्ने जीवन चौधरीको निधारमा चोट लागेको प्रहरी निरीक्षक मल्लले बताए।

    घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। कार र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेकाे छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button