
मोहन्यालका अध्यक्ष विरुद्ध स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई कामबाट हटाइयो
Above Article Content Ad
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष विरुद्ध अमा फेसबुकमा स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई कामबाट हटाइएको छ।
गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अपमानजनक टिप्पणी गरेको भन्दै कार्यालय सहयोगी अशोक थापालाई जागिरबाटै हटाइएको हो।प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालले गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध फेसबुकमा अपमानजनक शब्द प्रयोग गर्दै टिप्पणी गरेपछि स्पष्टीकरण सोधिएको भए पनि त्यसको जवाफ नदिइएपछि जागिरबाट हटाइएको बताए।
Article inline ad #1
उनका अनुसार कार्यालय सहयोगी थापाले वैशाख २४ गते अध्यक्ष उपाध्यायलाई लक्षित गरी अत्यन्तै अपमानजनक स्ट्याटस लेखेका थिए। त्यसपछि वैशाख ३० गते स्पष्टीकरण सोधिएको भए पनि जवाफ नदिइएपछि हटाइएको प्रमुख प्रशासकीय अधिकृत बरालले बताए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















