Above Article Ad
  • पुनर्वासको अलङ्कार पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको विदाई

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री अलङ्कार पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको विदाई गरिएको छ ।

    बुधबार एक भव्य समारोहका बीच विद्यार्थीहरूको विदाई तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो।

    Article inline ad #1
  • कक्षा ७ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ७ की छात्रा सबिना मल्लको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङ रहेका थिए।

    Article inline ad #2

    त्यसैगरी, विशिष्ट अतिथिका रूपमा विद्यालयका प्रिन्सिपल पुष्पराज ओझा तथा अतिथिहरूमा शिक्षक राजकुमार चौधरी, शिक्षक राजेश प्रसाद जोशी र शिक्षक अम्मदन स्वर्णकारको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरूलाई मायाको चिनो तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो भने उनीहरूका अभिभावकहरूलाई सम्मान समेत गरिएको थियो।

    शुभकामना मन्तव्य दिने क्रममा कक्षा ८ का विद्यार्थीहरूको तर्फबाट आयुषा सुवेदी र कमल खड्काले आफ्ना अनुभव र भावनाहरू व्यक्त गरेका थिए। त्यसैगरी, शिक्षकहरूको तर्फबाट शिक्षक विदुर राना र शिक्षिका अञ्जना तिमिल्सेनाले शुभकामना मन्तव्य दिएका थिए।

    मन्तव्यकै क्रममा विशिष्ट अतिथिमा आसिन प्रिन्सिपल पुष्पराज ओझा तथा अतिथि शिक्षक राजेश प्रसाद जोशीले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए।

    कक्षा ७ की छात्रा अनुष्का ओझाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन  भाइस प्रिन्सिपल बलबहादुर बि.क.ले गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6