Above Article Ad
  • गायक चक्रबमको प्रस्तुतिसँगै सक्कियो पुनर्वास महोत्सव

    Above Article Content Ad
  • पुनर्वास- फागुन २५ गतेबाट जारी पुनर्वास महोत्सव बुधबार भव्यताका साथ सम्पन्न भएको छ।

    महोत्सवको अन्तिम दिन चर्चित गायक चक्र बमको प्रस्तुतिले महोत्सवलाई अझै रोमान्चक बनाएको थियो।

    Article inline ad #1
  • गायक बमले बच्चादेखि वृद्धसम्म सबैलाई हँसाउँदै नचाएका थिए। उनको प्रस्तुतिमा राति अबेरसम्म दर्शकहरूको थामिनसक्नु भीड थियो।

    Article inline ad #2

    महोत्सवमा अन्तिम दिनको स्टेज कार्यक्रमलाई गायिका तथा उद्घोषक हेमन्ता भट्टराई र उद्घोषक नविन धामीलाई जिम्मेवारी दिइएको थियो।

    चक्र बम छोटो समयमै साङ्गीतिक क्षेत्रको उचाइमा पुगेका गायक हुन् । सुदूरपश्चिमेली गीतलाई आधुनिकतामा बदलेपछि सुदूरपश्चिम र मध्यपश्चिममा मात्र होइन,  सिङ्गो नेपालीले उनका हरेक गित रुचाउने गरेका छन्।

    “हाम्रो पुर्नवास, राम्रो पुर्नवास” भन्ने मूल नारासहित कञ्चनपुरको पुनर्वासमा उद्योग वाणिज्य संघको आयोजनामा पुर्नवास नगरपालिका‌-३ स्थित ६५ बिघा क्षेत्रमा महोत्सव आयोजना गरिएको  थियो ।

    दर्शकहरूको उल्लेखनीय सहभागिताले यस वर्षको महोत्सवलाई सफलतामा पुर्याएको र आगामी दिनमा सबैका रचनात्मक सल्लाह सुझावसँगै नयाँ ढङ्गबाट महोत्सवको आयोजना गर्ने पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6