पुनर्वासमा उद्योग तथा उद्यम शाखाद्वारा स्थानीय उद्यमीलाई प्रविधि हस्तान्तरण
पुनर्वास,२० असार २०८०
पुनर्वास नगरपालिकाले स्थानीय उद्यमी लाई प्रविधि हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रम मार्फत उद्यमीलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो ।
पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रम मार्फत उद्योग / उद्याम शाखाले पुनर्वास नगरपालिका वडा नं ६का वडाध्यक्ष मित्र सिंह लामा ज्यूको अध्यक्षतामा आयोजित उक्त प्रविधि हस्तान्तरण कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्य रहेको थियो।
सिप सिकेर जिपोकोपर्जनका लागि केही गर्छु भनेर ब्यवसायी दर्ता गरिएका उद्यमीको मागबमोजिम ब्युटी पार्लरका सामाग्री र सिलाई मेसिन सहयोग गरिएको पुनर्वास नगरपालिकाका उद्योग तथा उद्याम शाखा प्रमुख बिमला चौधरीले जानकारी दिए । नगरपालिकाको ८० प्रतिशत अनुदान र ब्यवसायी को २० प्रतिशत लागत साझेदारीमा १लाख ८२ हजार ९ सय ९० रूपैयाँ बराबरको प्रविधि हस्तान्तरण गरिएको चौधरीले बताए ।
सो अवसरमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले साना उद्यमीलाई प्रोत्साहीत गर्न उपलब्ध गराइएको यो प्रविधिले आय आर्जनमा मद्दत गर्ने बताए। उनले प्राप्त सामाग्रीको सही सदुपपयोग गरी अन्य साना उद्यमीहरुलाई समेत प्रेरणा मिल्ने गरी कार्य गर्नु पर्ने बताए। यसैगरी वडा नं ६का वडाध्यक्ष मित्र सिंह लामाले घरेलु तथा साना उद्योगलाई बढावा दिन साना उद्योगीहरुलाई कार्यक्रम मार्फत सो सामाग्री उपलब्ध गराइएको बताए। उनले लाभग्राहीले सो सामाग्रीको सही सदुपयोग गरी आफनो उद्योगधन्दालाई बढाउँदै लानुपर्ने बताए।
चौधरीका अनुसार वडाबाट छनौट भई सिफारिस भएका वडा नं ६ स्थित सिलाई कटाई तालिम सम्पन्न गरि ब्यवसायी दर्ता भएका ७ जना उद्यामीहरू लाइ सिलाई कटाई मेसिनको पुर्ण सेट सहयोग गरिएको छ । यसैगरी हालै मात्र सम्पन्न पुनर्वास नगरपालिका वडा नं ११मा सञ्चालन गरिएको २महिने आधारभूत ब्युटी पार्लर तालिममा सहभागि भएका एक जना प्रशिक्षार्थी जसले तालीम प्राप्त गरे पश्चात् ब्यवसायी दर्ता गरि रोजगारिको थालनी गरेको छ तिनलाई प्रोत्साहन र हौसला प्रदान गर्न ब्युटी पार्लर सञ्चालनका लागि आवश्यक सामग्री खरिद गरि हस्तान्तरण गरिएको बताए।
कार्यक्रममा ब्युटी पार्लर सञ्चालनका लागि सामाग्री पाएर खुशी भएकी पुनर्वास नगरपालिका वडा नं ११ की उतरा धामीले प्राप्त गरेका सामाग्रीको पारिवारिक जिपोकोपर्जनका लागि प्रयोग गर्ने बताइन्। २० प्रतिशत लगानीमा आफूले सो सामाग्री पाएको भन्दै अन्य साना उद्योगीहरुलाई पनि ब्यवसायी दर्ता गरि लागत सहभागीतामा आफुले झै सामाग्रीहरु प्राप्त गरि आफ्नो दैनिक जीवनमा लाभ लिन सकिने बताइन्।
गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रम मार्फत हाल सम्म १४३ जनालाई सिपमूलक तालिम दिई नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर साझेदारीमा उनीहरूलाई प्रविधि हस्तान्तरण गरिएको पुनर्वास नगरपालिकाकी उघोग/ उद्यम शाखा प्रमुख बिमला चौधरीले बताए ।