Above Article Ad
  • दाँत चम्किलो बनाउने घरेलु उपाय यी हुन्

    Above Article Content Ad
  • दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ ।

    सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्‍याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ ।

    Article inline ad #1
  • स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने । त्यसपछि टुथपेस्टले सफा गर्ने ।

    Article inline ad #2
    कागती–नुन : कागतीमा केही नुन मिलाउने र त्यसलाई दाँतमा रगड्ने । केही समय त्यसै छाडिदिने र पानीले धुने । केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने ।

    तुलसीको पात : तुलसीको पातलाई घाममा सुकाउने । जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने । यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने । अर्को तरिका यसको पत्तालाई सस्र्युंको तेलमा मिलाएर दाँत सफा गर्ने ।

    स्याउ :  दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ । यसलाई राम्ररी चपाएर खाने । यसमा एसिड र फाइबर हुने हँुदा दाँतलाई दह्रो बनाउँछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by