
खाद्य अधिकारका अभियान्ताहरुको धनगढीमा भेला
केशब भट्टराई
धनगढी,“बाँच्न पाउने अधिकारको आधार: खाद्य अधिकार” भन्ने मुल नाराका साथ देशभरका खाद्य अधिकार अभियान्ताहरुको धनगढीमा भेला भएका छन् ।
शनिबार फियान नेपालको आयोजनामा बिगत लामो समय देखि खाद्य अधिकारको सवालमा काम गर्दै आईरहेका खाद्य अधिकार संजालका अभियान्ताहरु छलफल तथा सिकाई आदान प्रदानमा जुटेका हुन् ।
उनिहरुले आआफ्नो क्षेत्रका समस्याहरु प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु संग राख्नु भएको थियो । उनिहरुले आआफ्नो क्षेत्रमा गरेका काम र सिकाईका अनुभवहरु साटासाट समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै दाङबाट आउनुभएका अभियान्ता उमाकान्त पन्तले फियानले खाद्य अधिकारको सवालमा गरेको पैरबिले धेरै राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले गाउँघरका जनतालाई जागरुक बनाउनुका साथै खाद्य अधिकारका सवालमा बोल्न सक्ने बताबरण सिर्जना गरेको बताउनुभयो।
यस्तै कार्यक्रममा धनुषा बाट आउनुभएकी सुभद्रा आलेले यस्ता स-साना कुराहरु जुन मानिसको जिबिका संग जोडिएको छ। गाउँघरमा आफुहरुले वास्ता मतलब नगरेका कुराहरु पनि अधिकारको विषय बन्ने रैछन र जुन आफुहरुलाई थाहा नै थिएन भन्दै फियान ती कुराहरुमा पैरबी गर्दै आफुहरुलाई धेरै कुरा सिकाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य रमेश धामिले आफुले कार्यान्वयन गर्नका लागि एक नम्बरमै रहि काम गर्ने बताउनुभयो। सबैभन्दा पहिले गासको महत्व र बास र कपास अनि शिक्षा स्वास्थलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फियानका सवालहरुमा अझै धेरै अध्यन गर्दै प्रदेशसभामा आफुले उठाउन कुनै कसर बाकी नराख्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश खाद्य अधिकार संजालका अध्यक्ष बलबहादुर रोकायाले खाद्य अधिकारको सवालमा कार्यरत संघसंस्थाहरुले प्रदेश सरकारमा पटक पटक डेलिगेसन गर्दापनी स्थान नपाएको प्रती दुखेसो व्यक्त गर्नु भयो। उहाँले सरकारका प्रतिनिधिले सदैब प्रतिबद्धता गर्ने तर काम कसैले नगर्ने भन्दै, जनताको गाँसबाँसका सवालमा सम्बेदनशिल नभएको बताउनुभयो ।
यस्तै कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल सुपका अध्यक्ष देबि प्रसाद खनालले जनताका जिबिकोपार्जनको सवालमा सरकरी- गैरसरकारी सबैले एकआपसमा समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाले सुदुरपस्चिम प्रदेशमा खाद्य अधिकार सुनिस्चितता नभएको बताउदै न्यायोचित बितरणमा पहल गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेसमा अजैपनी भोकै बस्नुपर्ने अवस्था रहेको बताउदै दैनिक भैरहेको युबा पलायनका विषयमा समेत सरकारले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य रक्षा महराले आफुहरु नीति बनाउने ठाउँमा पुगेको बताउनुभयो । सुदुर पश्चिम प्रदेस २८ प्रतिशत गरिबिको रेखामुनी रहेको बुझ्दा दु:ख लागेको र अब के गर्न सकिन्छ आफुले गर्न तयार भएको बताउनुभयो । खाद्य अधिकारको सवालमा मात्रै नभएर जनताको जिबिकोपार्जनकै सवालमा आफुले संसदमा जोडदार माग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य नरेस बहादुर शाहीले आजसम्म ब्यवस्था परिवर्तन मात्रै भए तर जनताका परिवर्तन नभएको प्रती दुखेसो व्यक्त गर्नुभयो । उहाँले पहिले के भयो? कस्तो भयो? भन्दापनी अबको सरकारले युवा पलायनलाई रोक्नै पर्ने, र खाद्य अधिकारको सवाल मात्रै नभई जनताको मौलिक अधिकारकाका सवालमा समेत काम गर्नु पर्नेमा जोड दिनुभयो । आजसम्म हाम्रो प्रदेशबाट भारत जानेको संख्यामा घट्न नसकेको र स्थानीय स्तरमै सरकारले योजना कार्यान्वयनमा अब आफुहरुको भुमिका रहने बताउनुभयो । खाद्य अधिकारको सवाल मात्रै नभएर खाद्य उत्पादनको सवालमा समेत आफुहरुले लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सुदुरपश्चिम प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावले गाँसबाँसका सवालमा ऐन निर्माणमा भएको ढिलाइ प्रती दु:ख व्यक्त गर्नुभयो। उहाँले कानुन निर्माणको पाटो एकतर्फी भएपनी उत्पादनका सवालमा, परम्परागत कृषि हटाउन, कलकारखाना खोल्न, रोजगारी सिर्जना गर्न सरकारले नसकेको बताउनुभयो । उहाँले खेतीयोग्य जमिन पलटिङ, हुँदै गएको प्रती समेत दु:ख व्यक्त गर्नुभयो। अब कृषकलाई आफुहरु बाताबरण सुहाउँदो कृषि, बैज्ञानिक कृषि खेती तर्फ जोड्न अवश्यक रहेको बताउनुभयो। खाद्यको सवालमा तीन तहकै सरकारले एक भएर काम गर्न सके मात्रै प्रदेशको गरिबी, भोकमरी हटाउन सकिने बताउनुभयो ।
कार्यक्रमको सभापतित्व फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले गर्नुभएको थियो । उहाँले यहाँ आउनुभएका सबै अभियान्ताहरुले छलफल गरेर नयाँ घोषणपत्र जारी गर्दै समापन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा फियानका प्रबन्धक बिनोद पाण्डेयले स्वागत मन्तव्य राख्दै खाद्य अधिकार सुनिस्चितताका लागि स्थानिय, प्रदेश र केन्द्र सरकारले कानुनी आधार निर्माणका लागि पहल सुरुगर्नुपर्नेमा जोड दिनुभयो। यस्तै खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ र सो ऐन कार्यान्वयनमा प्रदेश सरकारको भुमिकाको बिषयमा प्रस्तुतीकरण फियानका केस युनिट संयोजक तिलक अधिकारीले गर्नुभएको थियो। कार्यक्रमको संचालन फियानका कानुनी अधिकृत मुकुन्द रानाले गर्नुभएको थियो । कार्यक्रममा खाद्य अधिकारको सवालमा काम गरिरहेका १२ जिल्लाका अभियान्ताहरु, फियानका प्रतिनिधहरु, सुदुरपश्चिम् प्रदेशमा नबनिर्वाचित प्रदेश सभासदस्यहरु, रमेश धामी, नरेस बहादुर शाही, रक्षा महरा लगायतको पत्रकार तथा सरोकारवाला निकायहरुको पनि उपस्थिति रहेको थियो।