Above Article Ad
  • बालेन शाह आज एक बजे धनगढी पुग्ने

    Above Article Content Ad
  • धनगढी-रास्वपाका वरिष्ठ नेता बालेन शाह आज धनगढी आउने भएका छन्।

    रास्वपाको चुनावी कार्यक्रममा भाग लिन शाह कैलाली र कञ्चनपुर हुँदै पहाडी जिल्ला पुग्ने भएका हुन्। रास्वपा नेताका अनुसार आज बिहान ७ बजे बालेनले लम्की क्षेत्रमा भेटघाट गर्दैछन्। लम्की क्षेत्रमा भेटघाट पश्चात् शाहले कैलाली–३ को सुखडमा भेटघाट गर्नेछन्। सुखडपछि मसुरिया र चौमाला हुँदै बालेन १२ बजे अत्तरिया पुग्ने कार्यक्रम छ।

    Article inline ad #1
  • अत्तरियाबाट दिउँसो एक बजे धनगढी पुग्ने र धनगढीस्थित क्षेत्र नम्बर ५ को रास्वपा कार्यालयमा भेटघाट गरी पृथ्वीनारायण चोकमा समेत उनले सर्वसाधारणलाई भेट्ने छन्। धनगढीमा भेटघाट गरेर शाहको टोली कञ्चनपुरको पुनर्वास जानेछन्। कञ्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा पुगेर उनी पहाडी जिल्ला जाने रास्वपा सुदूरपश्चिमले जनाएको छ।

    Article inline ad #2

    बालेन सोमबार नेपालगन्ज–बर्दियाको गुलरिया हुँदै कैलाली पुगेका हुन्। आज दिनभर उनले कैलालीका विभिन्न स्थानमा पुग्ने कार्यक्रम छ। आजै बालेनले लम्की र सुखडमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन्। मङ्गलवारदेखि करिब तीन दिनसम्म शाह सुदूरपश्चिममा रहने रास्वपाका एक नेताले बताए।

    शाह कैलाली जिल्लामा हुने पार्टीका कार्यक्रममा सरिक हुने र पहाडी जिल्लाहरूमा समेत पुग्ने कार्यक्रम तय भएको छ। बालेननिकट स्रोतका अनुसार कैलाली पुगेपछि  उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन्। अछाम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका बालेन निकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ। धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्नेछ। त्यसपछि उनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6