Above Article Ad
  • भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा पुनर्वासमा भूपू सैनिकहरूको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • कञ्चनपुर – कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा छिमेकी राष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    भारतको ७७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय भूपू सैनिक संघ नेपालद्वारा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित न्यू सम्राट होटल एण्ड रेष्टुरेन्टको सभा हलमा शुभकामना आदानप्रदान तथा खानपान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

    Article inline ad #1
  • कार्यक्रमको स्वागत मन्तव्यका क्रममा सुवेदार खेमबहादुर राना मगरले भारतको स्वतन्त्रता प्राप्ति तथा राष्ट्र निर्माणको प्रक्रियामा भारतीय गोर्खा सेनाको ऐतिहासिक र अविस्मरणीय योगदान रहेको उल्लेख गर्नुभयो। उहाँले भारतले स्वतन्त्रता प्राप्त गरेपछि गणतन्त्र स्थापना गर्दै हरेक वर्ष गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा हर्षोल्लासका साथ मनाउँदै आएको बताउनुभयो।

    Article inline ad #2

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मानार्थ क्याप्टेन जिनबहादुर तामाङले यस्ता शुभकामना आदानप्रदान कार्यक्रमहरूले निवृत्त जीवन बिताइरहेका भूपू सैनिकहरूबीच आपसी भाइचारा, प्रेम र सद्भाव प्रगाढ बनाउने बताउनुभयो। साथै पेन्सन निकास, प्रशासनिक झन्झट तथा भूपू सैनिकहरूका दैनन्दिन समस्याहरू समाधान गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण माध्यम बन्ने धारणा राख्नुभयो।

    त्यसैगरी, नेपाल भूतपूर्व सैनिक संघ क्षेत्र नं. १ का अध्यक्ष जम्दार जितबहादुर तामाङले भूतपूर्व सैनिक संघ निवृत्त भूपू सैनिकहरूका लागि छाता संगठनका रूपमा रहेको बताउनुभयो। संघमा आबद्ध भई सैनिक कल्याणकारी संघमार्फत प्राप्त हुने सेवा–सुविधाहरू सहज र व्यवस्थित रूपमा प्राप्त गर्न सकिने उल्लेख गर्दै उहाँले सम्पूर्ण भूपू सैनिकहरूलाई संघमा आवद्ध हुन आग्रह गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि क्याप्टेन ओमबहादुर राना मगरले देशमा बढ्दो बेरोजगारी समस्या समाधानका लागि भारतीय गोर्खा सेनामा भर्ती एक व्यवहारिक र उपयुक्त विकल्प रहेको बताउनुभयो। उहाँका अनुसार हाल चार वर्षे अवधिको ‘अग्निवीर भर्ती योजना’ अन्तर्गत ४६ हजार सैनिकका लागि आवेदन खुला गरिएको छ। महँगो खर्च गरेर वैदेशिक रोजगारीमा जानुभन्दा कुनै लगानी नलाग्ने, अनुशासित जीवनशैली र सुनिश्चित आम्दानीको अवसर दिने यो योजना न्यून आयस्रोत भएका परिवारका युवाहरूका लागि अत्यन्त उपयोगी हुने भन्दै उहाँले यसतर्फ आकर्षित हुन आग्रह गर्नुभयो।

    कार्यक्रमको सभापतित्व गर्दै भारतीय भूपू सैनिक संघका अध्यक्ष सुवेदार मेजर मानबहादुर तामाङले भारतको ७७औँ गणतन्त्र दिवस केवल उत्सव मात्र नभई लोकतन्त्र, संविधान र नागरिक अधिकारको सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले भारतीय सेनामा सेवा गरेका नेपाली भूपू सैनिकहरूले भारत–नेपालबीचको ऐतिहासिक मित्रता र आपसी सम्बन्धलाई मजबुत बनाउँदै आएको उल्लेख गर्नुभयो। साथै भूपू सैनिकहरूको हक–हित, सम्मान र एकताको संरक्षणमा संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    भारतीय भूपू सैनिक संघका अध्यक्ष सुवेदार मेजर मानबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संघका सचिव रामकुमार सिग्देलले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by