Above Article Ad
  • दौडिरहेका ७ घोडाको पेन्टिङ : वास्तुअनुसार अर्थ के, कहाँ राख्नु राम्रो ?

    Above Article Content Ad
  • धेरै घर तथा अफिसका भित्ताहरूमा दौडिरहेका सेता सात घोडाहरूको पेन्टिङ राखेको देख्न सकिन्छ । झट्ट हेर्दा यो सजावटका लागि मात्रै राखेजस्तो देखिए पनि वास्तुअनुसार त्यो पेन्टिङ राख्नुका विभिन्न अर्थ छन् ।

    आखिर किन राखिन्छ त दौडिरहेका सात वटा घोडाको तस्बिर ? कुन दिशामा दौडिरहेका घोडाको तस्बिर राख्दा के फाइदा हुन्छ ?दौडिएको घोडा सफलता, प्रगति र शक्तिको प्रतीक हो । विशेष गरी सात घोडालाई व्यापार प्रगतिको सूचक मानिन्छ । त्यस्ता चित्रलाई आफ्नो घर, पसल तथा कार्यालयमा राख्दा व्यक्तिमा साहस, बुद्धि–धैर्‍यता, बुद्धि, अध्यात्म, प्रेम–आनन्द, ज्ञान, पवित्रता आदि गुणहरू प्रवेश गरी जीवनको हरेक क्षेत्रमा सफलता प्राप्त हुने जनविश्वास रहेको छ ।

    Article inline ad #1
  • वास्तु शास्त्रमा ७ घोडाको पेन्टिङको महत्त्व

    Article inline ad #2
    शक्ति र ऊर्जा : घोडालाई शक्ति र ऊर्जाको प्रतीक मानिन्छ । यसले कठिनाइहरू पार गर्दै कडा परिश्रम र दृढ सङ्कल्पको माध्यमबाट सफलता हासिल गर्ने क्षमता देखाउँछ।

    गति : घोडाहरूको तीव्र गति तिनीहरूको विशेष पहिचान हो । आजभोलिको व्यस्त जीवनशैलीमा गतिको महत्त्व झनै बढेको छ ।

    आर्थिक समृद्धि : घोडा धन र समृद्धिको प्रतीक पनि हो । घरको विशेष स्थानमा घोडाको मूर्ति वा चित्र राख्नाले धन र समृद्धि प्राप्त हुने बास्तु शास्त्रले बताएको छ ।

    सकारात्मक ऊर्जा : घर वा कार्यालयमा घोडाको प्रतीक राख्नाले सकारात्मक र जीवन्त ऊर्जा ल्याउँछ, जसले वातावरणलाई रमाइलो र सकारात्मक बनाउँछ ।

    प्रगति र सफलता : वास्तुका अनुसार सात वटा दौडिएको घोडाको पेन्टिङलाई प्रगति र उपलब्धिको प्रतीक मानिन्छ । यसले करिअर, व्यापार र जीवनका अन्य पक्षहरूमा द्रुत प्रगतिलाई सङ्केत गर्छ ।

    अग्नि तत्त्व : पृथ्वी, आकाश, अग्नि, जल र वायु पाँच तत्त्व मध्ये घोडाहरूले अग्नि तत्त्वलाई प्रतिनिधित्व गर्दछ, जुन प्रसिद्धि, प्रेरणा र जोससँग सम्बन्धित छ ।

    सुरक्षा : घोडालाई सुरक्षाको प्रतीक पनि मानिन्छ । जसले नकारात्मक ऊर्जा हटाएर सुरक्षित वातावरण सिर्जना गर्न मद्दत गर्दछ ।

    सन्तुलन : घोडालाई शारीरिक र मानसिक सन्तुलनको प्रतीक मानिन्छ । जसलाई घर र कार्यालयमा राख्दा जीवनमा सन्तुलन कायम हुन्छ ।

    वास्तु अनुसार पेन्टिङलाई यस्ता ठाउँमा राख्नु राम्रो

    बैठक कोठा : साधरणतया बैठक कोठामा सात वटा घोडाको पेन्टिङ टाँग्नु शुभ मानिन्छ । यसलाई खुला फ्लोर भएको घरको डाइनिङ एरियामा पनि राख्न सकिन्छ ।

    कार्यालय क्षेत्र : कार्यालयको रिसेप्सन क्षेत्रमा सात वटा दौडिरहेको घोडाको पेन्टिङ राख्नु शुभ मानिन्छ । यसले सकारात्मक ऊर्जा आकर्षित गर्न मद्दत गर्छ।

    करिअरका लागि : राम्रो करिअरको लागि घरको पूर्व दिशामा सात वटा दौडिरहेको घोडाको पेन्टिङ राख्नुपर्छ । सूर्योदयको साथ सात घोडाहरूको पेन्टिङले नयाँ अवसर र करिअरमा प्रगतिलाई समेत सङ्केत गर्छ।

    आर्थिक समृद्धिका लागि : उत्तर दिशा धनको देवता कुबेरसँग सम्बन्धित मानिन्छ । काममा सफलता र कीर्ति प्राप्त गर्न दक्षिणको भित्तामा उत्तर फर्किने गरी सात घोडाको पेन्टिङ लगाउनु शुभ मानिन्छ । समुद्रको छेउमा दौडने घोडाहरूको चित्रले आर्थिक स्थायित्व ल्याउन मद्दत गर्छ।

    सम्बन्धमा सद्भाव कायम राख्न : सम्बन्धमा सद्भाव र सकारात्मकता कायम राख्न बैठक कोठाको उत्तरी भित्तामा सात घोडाको पेन्टिङ राख्नुपर्छ । यसलाई घरको साझा स्थानमा पनि राख्न सकिन्छ, जसले जीवनमा बाधाहरू कम गर्छ र परिवारमा शान्ति कायम गर्छ ।

    यी ठाउँमा राख्नु हुँदैन

    सुत्ने कोठा : वास्तुका अनुसार सुत्ने कोठाको भित्तामा घोडाको पेन्टिङ टाँस्दा निद्राको समस्या, दुर्भाग्य र नकारात्मक ऊर्जा आउन सक्छ ।

    बाथरुम : यो पेन्टिङ बाथरुममा वा वाशरूमको भित्तामा राख्नु हुँदैन किनभने यो ठाउँ नकारात्मक ऊर्जाको स्रोत हो ।

    पूजा कोठा : पूजा कोठामा देवी–देवताको मूर्ति वा पेन्टिङ मात्र हुनुपर्छ । यहाँ सात वटा घोडाको पेन्टिङ गर्नुहुँदैन किनकि यसले शक्तिशाली ऊर्जालाई आकर्षित गर्छ, जबकि पूजा कक्ष शान्त ऊर्जासँग सम्बन्धित छ।

    अध्ययन कक्ष : वास्तुका अनुसार अध्ययन कक्षमा सात वटा घोडाको पेन्टिङ राख्नाले एकाग्रतामा बाधा पुग्न सक्छ । त्यसैले अध्ययन कक्षमा पनि यस्तो पेन्टिङ राख्नु हुँदैन ।

    मुख्य ढोकाको विपरीत : घरको मुख्य ढोकाको विपरीत भित्तामा सात घोडाको पेन्टिङ राख्नु हुँदैन । यसले ऊर्जा प्रवाहमा बाधा पुग्न सक्छ र सकारात्मक ऊर्जा घरबाट बाहिर जान सक्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by