Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा माघ २२ गतेबाट फागुन ३ गतेसम्म महोत्सव हुने

    Above Article Content Ad
  • पुनर्वास– उत्पादन र कला संस्कृतिलाई प्राथमिकता दिँदै कञ्चनपुरको पुनर्वासमा उद्योग वाणिज्य सङ्घ पुनर्वासको आयोजनामा महोत्सव हुन लागेको छ।

    सोमबार उद्योग वाणिज्य सङ्घ पुनर्वासले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २२ गतेदेखि फागुन ३ गतेसम्म महोत्सव सञ्चालन सम्बन्धी र उद्देश्यबारे सार्वजनिक गरेको हो।

    Article inline ad #1
  • महोत्सव पुनर्वास नगरपालिका ३ र ५ सँग जोडिएको राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ६५ बिघा जमिनमा  आयोजना हुने जनाइएको हो।

    Article inline ad #2

    महोत्सवमा विभिन्न कृषि उत्पादन, होटल व्यवसाय, घरेलु उद्योग व्यवसाय लगायतका थुप्रै स्टलहरू रहनेछन् । महोत्सव सञ्चालनले पुनर्वास क्षेत्रको आर्थिक समृद्धिसँगै पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

    महोत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न बनाउन विभिन्न उपसमितिहरू निर्माण गरि थप व्यवस्थित बनाइने उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिए।

    अध्यक्ष रायमाझीका अनुसार स्थानीय कला संस्कृतिको जगेर्ना र स्थानीय उत्पादनलाई विशेष जोड दिइ आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6