
बैतडीबाट मर्मतका लागि ल्याइएको एम्बुलेन्स भासुमा दुर्घटना
Above Article Content Ad
धनगढी- बैतडीको दशरथ चन्द नगरपालिकाको एम्बुलेन्स कैलालीको भासुमा दुर्घटना भएको छ । मर्मतका लागि ल्याइएको एम्बुलेन्स भासु भिर नजिकै नालामा खसेर दुर्घटना भएको हो ।
एम्बुलेन्स दुर्घटना पनि चालक भने फरार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकको अहिले खोजी भइरहेको छ । एम्बुलेन्स सोमबार साँझ अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।
Article inline ad #1
दशरथ चन्द नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुवन प्रसाद जोशीले भने दुर्घटना पछि चालक उमेश बोहरा सँग आफ्नो सम्पर्क भएको बताएका छन् । उनले अगाडीबाट ट्रक आउँदा नालीमा खसेको चालकले जानकारी दिएको बताए ।
उनले एम्बुलेन्स मर्मतका लागि धनगढी ल्याउन लागेकाले त्यसमा चालक मात्रै भएको बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















