Above Article Ad
  • भोटेकोशी बाढीपीडितका लागि कैलाली उद्योग वाणिज्य संघको ५ लाख ५५ हजार सहयोग

    Above Article Content Ad
  • संघका पदाधिकारी तथा कार्यसमितिको बुधबार बसेको बैठकले विपद्को कठिन परिस्थितिमा पीडितको साथमा उभिनु साझा मानवीय दायित्व भएको निष्कर्ष निकाल्दै सरकारी राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

    Article inline ad #1
  • बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको तत्काल उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।

    Article inline ad #2

    संघले बाढीबाट प्रभावित सुदूरपश्चिमका नागरिक तथा ज्यान गुमाएका परिवारलाई प्राथमिकतामा राखेर राहत सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ। सरकारी निकाय तथा प्रशासनबाट आधिकारिक र वास्तविक तथ्यांक प्राप्त भएपछि बाढीका कारण सहारा गुमाएका विपन्न परिवार पहिचान गरी राहत उपलब्ध गराउने संघले जनाएको छ।

    विपद्को विषम परिस्थितिमा तीनै तहका सरकार, सुरक्षा निकाय, व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न संघले आग्रह गरेको छ।

    संघले विपद्को समयमा सबै क्षेत्रको सहकार्य र मानवीय सहयोगबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6