Above Article Ad
  • अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणीको आरोपमा गोदावरीका कृष्णराज भट्टराई पक्राउ

    Above Article Content Ad
  • कैलालीकैलालीको गोदावरीमा अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

    कैलालीको गोदावरी नगरपालिका-८ धनचौरीस्थित ३० वर्षीया शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका करिब २५ वर्षीय कृष्णराज भट्टराई पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले पक्राउ गरेको छ। पीडित परिवारले भट्टराईविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन्।

    Article inline ad #1
  • घटना कसरी भयो?

    Article inline ad #2

    प्रहरीमा परेको जाहेरीअनुसार बुधबार बिहान करिब ११ बजे घरका सदस्यहरू भूमिसम्बन्धी समस्या समाधान आयोगअन्तर्गत जग्गा नापजाँचका लागि बाहिर गएको समयमा पीडित महिला घरमा एक्लै थिइन्। जन्मजात शारीरिक तथा मानसिक अपाङ्गता रहेकी ती महिला घरमा एक्लै भएको मौका छोपी भट्टराईले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

    केही समयपछि घर फर्किएका परिवारका सदस्यले कोठाबाट रोएको आवाज सुनेर भित्र जाँदा भट्टराईलाई महिलामाथि करणी गरिरहेको अवस्थामा भेटेका थिए। सो क्रममा पीडितकी भाउजुले उनलाई रोक्न खोज्दा भट्टराईले हात समातेर भुइँमा लडाएको र लगाएको कुर्तासमेत च्यातेर घटनास्थलबाट फरार भएको आरोप लगाइएको छ।

    प्रहरीको तयारी

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घटनाबारे मौखिक जानकारी प्राप्त हुनासाथ आरोपी भट्टराईलाई नियन्त्रଣमा लिइएको थियो। पीडित परिवारबाट जाहेरीसमेत परिसकेकाले अब औपचारिक रूपमा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6