Above Article Ad
  • उत्साहित युवा निर्वाचनमा खटिन

    Above Article Content Ad
  • छोटो अवधिका लागि रोजगारीसँगै देशको सेवा गर्ने अवसरका लागि निर्वाचन प्रहरीमा भर्ना हुन चाहेको आवेदन दिने युवाहरू बताउँछन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयअगाडि लाइनमा बसेका कैलालीको लम्कीका दीपकजंग थापाले घरमा बेरोजगार बस्नुभन्दा एक महिना निर्वाचन प्रहरीका रूपमा काम गरे केही पैसा पाइएला भनेर भर्ना हुन चाहेको बताए । ‘निर्वाचन सुरक्षामा खटिएर देशका लागि सेवा गर्ने अवसर पनि हो,’ उनले भने, ‘आवेदन दिँदै छु, हेरौँ, छनोट भइन्छ कि भइँदैन ।’ १२ कक्षापछि पढाइलाई निरन्तरता दिन नसकेका २३ वर्षीय थापाले धेरै ठाउँ प्रयास गर्दा पनि काम पाउन नसकेको गुनासो गरे ।

    Article inline ad #1
  • कैलाली पहलमानपुरका २४ वर्षीय पारस विश्वकर्माले छोटो अवधिका लागि भए पनि रोजगारी पाइने भएकाले आवेदन दिन लागेको बताए । काम नपाएको र आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान नसकेको उनको भनाइ छ । ‘नेपाली सेनामा काम गर्ने इच्छा थियो, तर पास हुन सकिनँ,’ उनले भने, ‘छोटो अवधिका लागि भए पनि निर्वाचन प्रहरीका रूपमा काम गर्ने इच्छा छ ।’ घरमा बेरोजगार बस्नुभन्दा थोरै भए पनि कमाइ होला भनेर पनि निर्वाचन प्रहरीमा आवेदन दिन आएको उनले बताए ।

    Article inline ad #2

    कैलालीमा चार हजार ९८ जना निर्वाचन प्रहरीका लागि आवेदन खुला गरिएको छ । नेपाल प्रहरीले तीन हजार ५७६ जना र सशस्त्र प्रहरीले पाँच सय २२ जना निर्वाचन प्रहरी भर्ना गर्दै छन् । कैलालीमा सोमबारसम्म तीन हजार ३८८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । नेपाल प्रहरीमा १७०९ पुरुष र १३१५ महिला तथा सशस्त्र प्रहरीमा १९८ पुरुष र १६६ महिलाले आवेदन दिएको उनको भनाइ छ । भारतसँग एक सय एक किलोमिटर खुला सिमाना जोडिएको कैलालीमा २३७ मतदानस्थलमध्ये १०८ वटालाई अतिसंवेदनशील, १०६ वटा संवेदनशील र २३ वटालाई सामान्य भनेर वर्गीकरण गरिएको छ । कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र छ ।

    निर्वाचन प्रहरीमा आवेदन दिनेको सख्या उत्साहजनक रहेको सिंहको भनाइ छ । सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचन प्रहरीका लागि आवेदन दिनेमा जेन–जी उमेर समूहका युवायुवती धेरै छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार तराईका दुई जिल्ला कैलाली, कञ्चनपुरमा निर्वाचन प्रहरीमा आवेदन दिनेको संख्या धेरै छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले पहाडी जिल्लामा भने निर्वाचन प्रहरीमा भर्ना हुन खासै उत्साह देखिएको छैन । आवेदन दिने समय १ माघसम्म रहेकाले पहाडी जिल्लामा पनि निर्धारित संख्याअनुसार निर्वाचन प्रहरी भर्ना हुने अपेक्षा गरिएको उनले बताए । ‘कैलाली, कञ्चनपुरमा भिड छ, पहाडी जिल्लामा खासै उत्साह देखिएको छैन,’ मिश्रले भने, ‘अझै केही दिन बाँकी छ । माग गरेको संख्यामा भर्ना पुग्ला ।’ सरकारले निर्वाचनका लागि देशभर निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो ।

    प्रहरी उपरीक्षक गौतम मिश्र, प्रवक्ता, सुदूरपश्चिम प्रहरी कार्यालय
    कैलाली र कञ्चनपुरमा भिड छ, पहाडी जिल्लामा खासै उत्साह देखिएको छैन । अझै केही दिन बाँकी छ । माग गरेको संख्यामा भर्ना पुग्ला ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6