
जनजागरण सामुदायिक वनको २६ औं बार्षिक साधारणसभा सम्पन्न
पुनर्वास -जनजागरण सामुदायिक वन उपभोक्ता समुहको २६ औं बार्षिक साधारणसभा बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
सोमबार संस्था को २६ औ बार्षिक साधारणसभा संस्था को कार्यालय परिसरमा सम्पन्न भएको हो ।
साधारणसभामा कोषाध्यक्ष शर्मिला सुनारले आर्थिक बर्ष ०८१/०८२ असार मसान्तसम्म को कुल २६ लाख ६६ हजार ४५३ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेकि थिईन ।
पुनर्वास नगरपालिका ७,८,९ वडा अन्तर्गत ४२ सय उपभोक्ता सदस्य रहेको जनजागरण सामुदायिक बनको क्षेत्रफल २६७ हेक्टर रहेको छ । बन परिसर भित्र परम्परागत साल का रूख बाहेक १ लाख ५४ हजार २९० थान युके लिप्टिस , २ हजार ३२५ थान सिसम , २० हजार ५०० थान डालेघास , ४ हजार २२५ सय बाँस , ९५० थान सिसै , १ हजार ५०० थान टिक , दुई हजार थान बकाईनो , खयर १००० थान , १० हजार जामुन लगायत रूख हरू लगाईएका छन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले बनक स्थापनाकालदेखि जनजागरण सामुदायिक बन संरक्षण का लागि अहोरात्र खटिदै आएका स्थानीय बन उपभोक्ता तथा बन पदाधिकारीको प्रसंसा गर्दै अब बनलाई बहुपयोगि बन विकास कार्यक्रम को रूपमा लैजानुपर्ने बताउनुभयो , बन उपभोक्ता समितिले राम्रो काम गरेको अवस्थामा प्रोत्साहन गर्नुपर्ने र गलत गरेको खण्डमा आम उपभोक्ताले जिम्मेवार नागरिकको भुमिका देखाई सञ्चालक समिति को गलति औंल्याई सुझाव सल्लाह दिनुपर्ने नगर प्रमुख शर्माले जोड दिनुभयो । बनक्षेत्र मा हुने चोरि तस्करी नियन्त्रण तथा आगलागी रोकथाम गर्न वन समिति को मात्रै जिम्मेवारी नभई हामी सबैको हो र वनलाई जोगाउनु आम उपभोक्ता सबैले नैतिक जिम्मेवारी को भुमिका निभाउनुपर्ने पनि नगर प्रमुख शर्माले आफ्नो भनाइमा व्यक्त गर्नुभयो ।
कार्यक्रम का बिशिस्ट अतिथि तथा कुण्डा सब डिभिजन अधिकृत दिनेश कुमार यादवले वन संग सम्बन्धित प्रशासनिक बिषय तथा नितिनियम , सामुदायिक वन ऐन एबं वन संरक्षण सिद्धान्त का बिषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।
केही समय यता वन क्षेत्र को संरक्षणमा उल्लेखनीय सुधार भएको चर्चा गर्दै उहाले बनको थप विकासका लागि जुनसुकै परिस्थितिमा पनि बनको प्रशासनिक बिषयमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पछिल्लो समय आम उपभोक्ता को वन प्रति अलि चासो कम भएको हो कि भन्ने आसंका देखिन आएकोले जनजागरण सामुदायिक वन उपभोक्ता को टोल टोल मा गई वन संग सम्बन्धित व्यापक छलफल तथा जनचेतनामूलक कार्यक्रम हरू आयोजना गर्नुपर्ने वन अधिकृत यादवले सुझाव दिनुभयो ।
वनका पुर्व अध्यक्ष कृष्णबहादुर तामाङले पुनर्वासको विकास र समृद्धि का लागि जनजागरण सामुदायिक वन मेरूदण्ड का रूपमा परिचित हुँदै आएको टिप्पणी गर्नुभयो । वनको स्थापनाकालदेखि पाँच पटकसम्म आफू अध्यक्ष रहि सकेको कुरा चर्चा गर्दै वनको हरेक गतिविधि र वन संरक्षण का बिषयमा आफू जहिले पनि चिन्तित रहेको तामाङले बताउनुभयो ।
वनको माध्यमबाट साविक पराशनका जनताहरूले प्रसस्त लाभ लिंदै आएको बताउदै यसको संरक्षणका लागि सञ्चालक समिति को मात्रै नभई सबैको महत्त्वपूर्ण जिम्मेवार रहने कुरामा उनलेे जोड दिए ।
संस्थापक अध्यक्ष कृष्णबहादुर तामाङले सामुदायिक बनको महत्वकांक्षि योजना भ्यु टावर जुन उत्साह का साथ पूरा गर्ने कार्ययोजना अगाडि ल्यायौ , बिचमा कोरोना का कारणले गर्दा अवरोध हुनगयो , यसैबिच वैज्ञानिक बन को अवधारणा आएको थियो यदि बैज्ञानिक बनको योजना पूरा भएको भए भ्यु पार्कको योजना मा टेवा पुग्ने थियो त्यो योजना पनि बिचमा तुहियो र सफल हुन सकेन यद्यपि बनको आन्तरिक बजेटमा भ्यु टावरको निर्माणकार्य जारि रहेको छ उनले भने ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले जनजागरण वन संरक्षण तथा विकासका बिषयमा भनाईहरू व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्था का अध्यक्ष लोकबहादुर कार्कीले संस्था को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले चालू आर्थिक बर्ष मा वन उपभोक्तालाई प्रत्येक्ष लाभ हुने प्रकारका जनचेतनामूलक तथा रचनात्मक कार्यक्रम हरू गरेको बिबिध बिषयहरू प्रस्तुत गरिएको थियो । वन संरक्षण का लागि अग्नि नियन्त्रण सम्बन्धि बिबिध कार्यक्रम वन क्षेत्र को तारबार तथा ट्रेन्च खन्ने , बृक्षारोपण , रानिवन भ्यु पार्क सरसफाइ , ऐतिहासिक प्याराताल मा पर्यटन बिश्रामका लागि गोलघर निर्माण , गरिब विपन्न महिला तथा बालबालिका उत्थानका लागि जिविकोपार्जनका कार्यक्रम हरू सञ्चालन । त्यो संगै हात्ती आतंक नियन्त्रण , क्यान्सर पिडितलाई सहयोग , वन संरक्षण का लागि सडक नाटक , बिद्यालय सुधार तथा जैविक ल्याब निर्माण जस्ता कार्यक्रम हरू समेत चालु आर्थिक बर्षमा सुचारु गरिएको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
बनका पुर्व कोषाध्यक्ष करण ऐडी ले अझै पनि आम उपभोक्ता हरू सामुदायिक बन संरक्षण प्रति उत्तरदायी नभएको महसुस गरेको छु उनले भने , बन विनाश बढेको छ , पुराना रूख काटिदै गर्दा नयाँ बिरुवा उत्पादन तर्फ सन्तोषजनक नरहेको अवस्था देखिएको छ उनलेे भने ।
आफ्नो कार्यकालमा सुरुवात गरेको महत्कांक्षि योजना भ्यु टावर को काम बजेट को अभाव तथा बिबिध चुनौती का कारण पूरा हुन सकेको छैन । यसलाई पूरा गर्न सकेमा पुनर्वास पर्यटन क्षेत्रमा विकास हुने थियोे उनले भने ।
संस्था का अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वनका पुर्व अध्यक्ष कृष्णबहादुर तामाङ , वडा अध्यक्ष राना श्रवण , अध्यक्ष मुलचन्द राना , अध्यक्ष नरबहादुर बिक ,पुनर्वास नगरपालिका कार्यपालिका सदस्य बलबहादुर बिक , बागिस्वरि मावि प्र अ डिल्ली प्रसाद शर्मा , कुण्डा सब डिभिजन बन अधिकृत दिनेश कुमार यादव ,लगायत अतिथि रहेका थिए ।
संस्था का सहसचिव हरि बिक को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिव लाल प्रसाद घिमिरेले गरेका थिए ।
















