Above Article Ad
  • महाकाली कोरिडोरका ४० मोटरेबल पुलमध्ये दुई मात्रै निर्माण हुने

    Above Article Content Ad
  • खलङ्गा-कञ्चनपुरको ब्रम्हदेवदेखि दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली कोरिडोर अन्तर्गत विभिन्न नदी र खोलामा निर्माण गर्नुपर्ने ४० वटा मोटरेबल पुलमध्ये चालु आर्थिक वर्ष २०८२/८३ मा दुई वटा पुल मात्रै निर्माण हुने भएका छन्।

    महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका योजना प्रमुख ईश्वर कार्कीका अनुसार कोरिडोरको कुल लम्बाइ ३३४ किलोमिटर रहेको छ र कञ्चनपुर, डडेलधुरा, बैतडी तथा दार्चुला गरी चार जिल्लालाई यो सडकले जोड्छ। तीमध्ये दार्चुला जिल्लाको लास्कुघाट र निजाङ खोलामा यस वर्ष मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ।

    Article inline ad #1
  • उनका अनुसार चालिस वटा मोटरेबल पुल निर्माणका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेस गरिए पनि दुई वटा पुलका लागि मात्रै बजेट सुनिश्चित भएको छ। बाँकी ३८ पुलका लागि आवश्यक स्रोत सुनिश्चित हुन नसक्दा प्रस्ताव आयोगमै पेन्डिङ अवस्थामा रहेको छ। सबै पुललाई रातो किताबमा समेटेर बहुवर्षीय स्रोतको सुनिश्चितता गराउने प्रस्ताव गरिएको भए पनि हाललाई दुई पुलको मात्रै बजेट स्वीकृत भएको योजना प्रमुख कार्कीले जानकारी दिए।

    Article inline ad #2

    चालु वर्ष दार्चुलाको लास्कुघाट पुल निर्माणका लागि दुई करोड रुपैयाँ र निजाङ खोलाको मोटरेबल पुलका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। लास्कुखोलामा २०७९ भदौ २४ गते आएको बाढीले निर्माण सम्पन्न भई भुक्तानी हुन बाँकी रहेको पुल बगाएको थियो भने २०७८ भदौ १३ गते आएको बाढीले निजाङ खोलाको पुल बगाएको थियो। ती दुई स्थानमा पुनः मोटरेबल पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।

    योजना प्रमुख कार्कीका अनुसार बाढीबाट क्षति भएका पुल निर्माणका लागि विशेषज्ञ टोलीमार्फत स्थलगत अध्ययन भइरहेको छ। दुवै पुलमा निर्माणपछि सुपर स्ट्रक्चर बगाएको थियो। सडक विभागको पुल महाशाखाबाट अध्ययन भइरहेको र करिब एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि बाँकी निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ।

    पुल बगाएपछि दार्चुलाको उत्तरी क्षेत्र व्यास र दुहुँ गाउँपालिकासम्म चल्ने सवारीसाधन जोखिमपूर्ण खोलाको बाटो प्रयोग गरेर आवतजावत गर्न बाध्य छन्। आव २०६५\६६ देखि सञ्चालनमा रहेको यस सडक योजनाले पछिल्लो १६ वर्षमा २८४.५ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ भने कोरिडोर अन्तर्गत अझै ४९.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको जनाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6