Above Article Ad
  • बाजुराकी मनपुरा कुवेतमा बिरामी, उद्धार गरिदिन आग्रह

    Above Article Content Ad
  • बाजुरा : बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आएकी छन । २०८० साल तिर धन कमाउन भन्दै कुवेत उडेकी मल्ल त्यहाँ पुगेको दुई वर्षपछि बिरामीले थला परेपछि अहिले उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपालमा उद्धारको माग गर्दै आएकी हुन ।

    बिरामीले थला परेको दुई महिना भएपनि उपचारका लागि आफन्त कोही नभएकोले कुवेतबाट नेपाल उद्धार गरिदिनका लागि सबैमा आग्रह गर्दै आएको मल्लले बताईन । ‘मैले कम्पनीको काम छोडेको पनि एक महिना भयो । आफू सँग न पैसा छ नत कोही सहयोग गर्ने आफन्त नै छ । मैले यो बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहेकाले मलाई यहाँदेखि नेपाल लगिदिन सबैमा आग्रह गरेकी हुँ’ उनले भनिन् ।

    Article inline ad #1
  • सबैलाई अनुरोध गर्दा पनि अहिलेसम्म कुवेतबाट कसैले उद्धार नगरेकोले सामाजिक सञ्जालमार्फत नेपाल सरकारलाई उद्धारका लागि आग्रह गरेको उनि बताउँछन । धन कमाएर घरपरिवारलाई खुसी पारौंला भन्ने सोचमा कुवेतमा पुगेकी मल्ललाई अहिले आफ्नै ज्यान जोगाउन निकै सकस भएको छ । उनलाई यतिबेला न त उपचार गर्न पैसा छ न त नेपालमा फर्काइदिन कम्पनीको सहयोग मिलेको छत्यसैले कुनै विकल्प नभएपछि यतिबेला उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपाल फर्काइदिन सबैमा आग्रह गर्दै आएकी छन् । रहरले नभई बाध्यताले कुवेतमा पुगेकी मल्ल अहिले त्यहाँ जीवन मरणको दोधारमा बाँच्न बाध्य छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by