Above Article Ad
  • रुकुम पश्चिमका स्वास्थ्यकर्मीले ६ महिनादेखि पाएनन् तलब, आकस्मिक बाहेकका सेवा बहिष्कार

    Above Article Content Ad
  • काठमाडौं-जिल्ला अस्पताल रुकुम पश्चिमका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै आकस्मिक बाहेका सेवा बहिष्कार गरेका छन् ।

    छात्रवृत्तिका १३ जना स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै बिहीबारबाट आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १३ जनाले कात्तिकदेखि चैतसम्मको पारिश्रमिक नपाएको भन्दै वैशाख ३ गतेसम्मको अल्टिमेटमसहित स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम मार्फत सामाजिक विकास मन्त्रालय, अस्पताल व्यवस्थापन समिति, मुख्यमन्त्री परिषद्को कार्यालयलाई ध्यानाकर्षण गराएका थिए ।

    Article inline ad #1
  • उक्त अल्टिमेटम समय पूरा भइसक्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेका कारण सेवा बहिष्कार गर्न बाध्य भएको मेडिकल अधिकृत डा. प्रदिप श्रेष्ठ बताए ।कार्तिक महिनाबाट तलब पाएका छैनौं । घर परिवार र साथीभाईबाट कतिजेञ्ल दिन सापटी मागेर चल्ने ?,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पटक पटक लिखित मौखिक जानकारी दिँदा पनि कुनै सुनुवाइ नहुँदा आजबाट बाध्य भएर सेवा बष्हिकार गरेका हौं ।’

    Article inline ad #2

    छात्रवृत्ति करारमा कार्यरतमध्येका तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेको छन् ।यसअघि यही कार्यालयमा काम गरेर बिदाइ भएका ३ मेडिकल अधिकृत र १ डेन्टल सर्जन गरी ४ जनाले पनि अहिलेसम्म तलब–भत्ता नपाएको उनको भनाइ छ ।

    ‘पाउनुपर्ने पारिश्रमिक नै नपाउँदा निकै कठिन भइरहेको छ । माग सम्बोधन नहुँदा सम्म हामी काममा नफर्कर्ने निर्णय गरेका छौं,’ उनले भने ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अघिल्लो महिनामा नै छात्रवृत्तिका चिकित्सकको तलब भत्ता प्रदेशमा गइसकेको बताए ।

    ‘कणाली प्रदेशका छात्रवृत्तिका स्वास्थ्यकर्मीका लागि १२ करोड पठाएका छौं । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा नै सोध्नुपर्ला,’ डा. पौडेलले भने ।स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा रविन खड्काले दुइ दिन अघि सबै जिल्लामा रकम निकासा भइसकेको बताए । उनले भने, ‘सबै जिल्लामा पैसा गइसकेको छ । केही दिनमै उहाँहरूले भुक्तानी गर्नुहोला

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by