Above Article Ad
  • देशका विभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँचवटा शव फेला

    Above Article Content Ad
  • काठमाडौँ -देशका विभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँचवटा शव फेला परेका छन्।

    काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ पहेँलो पुलस्थित खोला किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

    Article inline ad #1
  • त्यसैगरी कैलालीको जानकी गाउँपालिका–५ अमौरीस्थित मठगौरा तालमा सोही ठाउँका ६५ वर्षीय भैरवप्रसाद चौधरी मङ्गलबार मृत अवस्थामा फेला परेका छन्। रोल्पाको सुनछहरी गाउँपालिका–७ राङ्सीस्थित बाझो बारीमा सोही ठाउँ बस्ने ५१ वर्षीय कुम्ले भनिने पूर्णबहादुर पुन मृत अवस्थामा भेटिएका छन् ।

    Article inline ad #2

    सुर्खेतको बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार नै मृत अवस्थामा फेला परेका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–१ स्थित आरती स्टिल पछाडिको सडकको नालीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष गए राति मृत अवस्थामा फेला परेका छन् ।

    यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6