Above Article Ad
  • कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक ‘ब्ल्याक स्पोट’ बोर्ड

    Above Article Content Ad
  • कञ्चनपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रहरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ।

    ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ। ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन्। यी स्थानमा राखिएका ‘सावधान दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका बोर्डले तीव्रगतिमा रहेका चालकलाई झस्काउने र गति नियन्त्रण गर्न प्रेरित गर्ने हुनाले यसको रणनीतिक महत्व निकै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए।

    Article inline ad #1
  • ‘सवारी दुर्घटना प्राविधिक कारणले मात्र नभई चालकको असावधानी र सडकको अवस्थाबारे जानकारी नहुँदा पनि हुने गर्दछ’, जिल्ला ट्राफिक प्रहरी प्रमुख नाथले भने, ‘भौतिक पूर्वाधारको सुधारसँगै चालक र यात्रुको मनोविज्ञान बदल्नु उत्तिकै जरुरी छ, यी बोर्डले चालकलाई मानसिक रूपमा सचेत गराई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न ढालको काम गर्नेछन्।’

    Article inline ad #2

    दुर्घटना न्यूनीकरण केवल प्रहरीको प्रयासले मात्र सम्भव नहुने भएकाले ट्राफिक प्रहरीले यसको दायरा फराकिलो बनाएको उनले उल्लेख गरे। सार्वजनिक यातायात र स्कुल बसका चालकलाई सडक अनुशासनबारे नियमित प्रशिक्षण, विद्यालयस्तरमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिने काम भइरहेको उनको भनाइ छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओम रानाका अनुसार यो अभियान प्रदेशभरि नै एउटा सुरक्षा संस्कृतिका रूपमा विकास गर्न लागिएको हो। उनले समुदाय, ट्राफिक प्रहरी र सरोकारवाला निकायबीचको त्रिकोणात्मक समन्वयले मात्र सडकलाई सुरक्षित बनाउन सकिने महत्व दर्शाए।

    सवारीसाधनको बढ्दो चाप र साँघुरो सडकका कारण प्रदेशमा बर्सेनि हुने क्षतिलाई कम गर्न यस्ता सचेतनामूलक बोर्ड र प्रवर्द्धनात्मक कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको उनले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6