
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजासहित दुई जना पक्राउ
Above Article Content Ad
काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विमानस्थलको आगमन तर्फको टनेलबाट ४ किलो २ सय ८४ ग्राम सहित दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
Article inline ad #1
पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय रञ्जित सिंह र पुनीत शर्मा छन् । उनीहरू आइतबार दिउँसो पक्राउ परेका हुन् ।
Article inline ad #2
थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेको थियो ।
शर्मा लागूऔषध सङ्कलन गर्न विमानस्थल पुगेका थिए । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















