Above Article Ad
  • तीन महिनामा कूल ३०८ वटा महिला हिंसाका घटना

    Above Article Content Ad
  • धनगढी- महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ। ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) का तीन महिनामा कूल ३०८ वटा महिला हिंसाका घटना भएका छन्।

    कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार तीमध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्यक्षेत्रबाट संकलन गरिएको हो। संकलित तथ्याङ्कअनुसार कूल ३०८ वटा लैङ्गिक हिंसाका घटनामध्ये २१ वटा हत्या र तीन वटा हत्या प्रयासका रहेका छन्।

    Article inline ad #1
  • ओरेकका अनुसार महिलाको हत्यामा श्रीमान् र परिवारका सदस्यको संलग्नता बढी देखिएको छ। हत्यामा ४३ प्रतिशत (नौ जना) महिला श्रीमान्बाट, २४ प्रतिशत (पाँच जना) महिला परिवारका सदस्यबाट, १० प्रतिशत छिमेकीबाट, पाँच प्रतिशत आत्मीय साथीबाट र १४ प्रतिशत महिलाको हत्या पूर्वपतिबाट भएको छ।

    Article inline ad #2

    हत्या प्रभावित महिलाको वैवाहिक अवस्थालाई हेर्दा ८२ प्रतिशत (१७ जना) विवाहित, १० प्रतिशत (दुई जना) अविवाहित र नौ प्रतिशत महिलाको अवस्था खुलेको छैन।नेपाल प्रहरीको २०८१÷०८२ को तथ्याङ्कअनुसार बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको हत्या र घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको उल्लेख गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6