
पुनर्वासमा ब्राउन सुगरसहित पक्राउ परेका दुईजनालाई अदालतबाट १० दिन म्याद थप
पुनर्वास- शुक्रबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित पुनर्वास सम्राट रेस्टुरेन्टको होटलमा बसेर ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा दुईजनालाई प्रहरी पक्राउ गरेको थियो।
पक्राउ परेका दुवै जनालाई आइतबार सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट पहिलो पटक दिन १० (दश) म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको गहिरो निगरानीपछि उनीहरूलाई शुक्रबार पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
उनीहरूको साथबाट फेला परेको परिणाम हेर्दा सुदुरपश्चिममै अहिले सम्मको बढि २ सय ७३ ग्राम ब्राउन सुगर रहेको प्रहरी तथ्याङ्कले देखाएको छ।
घटना अनुसन्धानकै चरणमा भएकाले फेला परेको ब्राउन सुगर कसले ल्याएको हो । को-को संलग्न हुन् । भन्ने विषयमा विभिन्न माध्यमबाट प्रहरीको अनुसन्धान जारी रहेको कञ्चनपुरका एक प्रहरी अधिकृतले बताए ।
पक्राउ परेका कञ्चनपुरको पुनर्वास नगरपालिका-६ का ५० वर्षीय दिपक बिसी र दार्चुलाको महाकाली नगरपालिका-३ का ४२ वर्षीय नरसिंह महरालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।















