Above Article Ad
  • डोटीमा ३ दिने हेफर आधारशिला तालिम सम्पन्न

    Above Article Content Ad
  • “भोकालाई एकछाक भोजन होइन, जिउने जुक्ति सिकाउ” भन्ने मुल नाराका साथ डोटीमा तीन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ ।

    कृषि र पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास परियोजना अन्तर्गत परियोजना अनुगमन तथा समन्वय समितीका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हेफर ईन्टरनेशनल नेपालका क्षेत्रिय कार्यक्रम प्रबन्धक प्रकाश केसिले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • हेफर ईन्टरनेशनल नेपाल र पुनर्वास नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको सहजीकरण र निड्स नेपालको साझेदारीमा उक्त कार्यक्रम गरिएको थियो । उक्त तालिम समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले हेफर प्रोजेक्ट नेपाल र पुनर्वास नगरपालिकाको समन्वयमा पालिकामा काम सुरु भएको बताउनुभयो । कृषि र पशु बिकासमा आधारित रहेर पालिका भित्रका साना किसान तथा युवा उद्यमीहरु जिवनमा परिवर्तन ल्याउन यसले निकै महत्त्वपूर्ण भुमिका राख्ने उहाले बताउनुभयो ।

    Article inline ad #2

    जसका लागि भोलिका दिनमा फिल्डमा खटिने कर्मचारी, जनप्रतिनिधिहरुका लागि यो तालिम कोसेढुङ्गा साबित हुने उहाँ बताउनुहुन्छ । परियोजना संचालनको क्रममा आउन सक्ने सम्भावना र चुनौतीलाई कसरी अवसरमा बदल्न सकिन्छ भन्ने कुरा तालिम बाट सिक्न मिलेको उहाँले बताउनुभयो । यस्तै तालिम समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले आफुले ३ दिनमा तालिम बाट धेरै कुरा सिक्न पाएको बताउनुभयो ।

    उहाँले तालिममा सिकेका कुरा जिवनउपयोगि तथा ब्यवहार मुलक रहेको बताउनुभयो । तालिममा सिकेको कुरा आफ्नो पालिकामा संचालनमा रहेको परियोजना मार्फत अरुलाई सिकाउने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । तालीममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी र साझेदार सस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button