Above Article Ad
  • कञ्चनपुरको पुनर्वासकी गर्भवती अमृतासँग पाँच सय नहुँदा रोकियो गर्भ परीक्षण

    Above Article Content Ad
  • धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरी अपाङ्ग छन्।

    शारीरिक अपाङ्ग रहेकी अमृताका २ सन्तान छन्। उनका १० वर्षका छोरा र ६ वर्षकी छोरी छन्। उनीहरूको अध्ययन एक संस्थागत विद्यालयमा स–शुल्क हुँदै आएको छ। आमा शारीरिक अपाङ्ग र बुवा दैनिक ज्यालादारीको काम गर्ने भएकाले विद्यालयले कम रकम लिने गरेको हो। अमृता फेरि गर्भवती छन्। उनको पेटमा नौ महिनाको बच्चा छ। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले भिडिओ एक्सरे गर्न सुझाव दिएका छन्। पेटमा रहेको बच्चा उल्टो रहेको आशँका गर्दै स्वास्थ्यकर्मीले परीक्षणका लागि आग्रह गरेका हुन्।

    Article inline ad #1
  • शारीरिक अपाङ्ग रहेकी अमृता गर्भवती भएकाले जङ्गल जान सक्दैनन्। दाउरासमेत खरिद गरेर बाल्नुपर्ने अवस्था छ। रकम अभावका कारण उनको घरमा ग्याँस चुलो छैन। श्रीमान बिहान ५ बजे धनगढी आउछन्। साँझ ४ बजे बिदा हुन्छ। एक घण्टामा मात्र साइकलमा घर पुग्छन। आँखाको शल्यक्रिया गर्ने चिकित्सकले ढुङ्गा नबोक्न भनेको छ। धुलो–धुवाबाट आँखा जोगाउन भनिएको हो। तर, परिवारको खाना खर्च जुटाउन काम गर्नै पर्ने अवस्था उनको छ। शल्यक्रियाको एक हप्ता घरमा बसेका उनका श्रीमान फेरि काममा जान थालेका छन्। श्रीमानले झिल्लीमा लिएको चामलले उनको परिवार गुजारा गर्दै आएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6