Above Article Ad
  • पुनर्वासमा एड्भान्स ब्युटि पार्लर तालिम सम्पन्न

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा एड्भान्स ब्युटि पार्लर तालिम सम्पन्न भएको छ ।
    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि ४० दिने एड्भान्स ब्युटि पार्लर तालिम आयोजना गरेको हो ।

    बिहिबार पुनर्वास नगरपालिका–४ को सभाहलमा समापन भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथीमा हुनुहुन्थ्यो । वडाध्यक्ष मनोज जैशीको सभाध्यक्ष रहेको उक्त कार्यक्रममा कार्यपालिका सदस्य शर्मिला श्रेष्ठ,वडासदस्य रेवतीरमण घिमिरे,विष्णु नेपाली , प्रशिक्षक पुजा रावल रहनुभएको थियो ।

    Article inline ad #1
  • कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख शर्माले सिप सिक्ने मात्रै हैन,यसको सहि सदुपयोग गरी आफुलाई आत्म निर्भर बनाउन सके मात्रै तालिमको उपलब्धी हुने बताउनुभयो ।
    उहाँले महिलाका लागि थुप्रै कार्यक्रम नगरले आयोजना गरिरहेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी महिलाहरुलाई आत्म निर्भर बनाउनमा नगरपालिका लागि परेको जानकारी दिनुभयो ।

    Article inline ad #2

    कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सहजीकरण नगरपालिकाका उद्यम विकास सहजकर्ता बिमला चौधरी र सुजाता तिमिल्सेनाले गर्नुभएको थियो । भने प्रशिक्षण पुजा रावलले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6