Above Article Ad
  • “झोला” चुनाव चिन्हमा भोट माग्दै कञ्चनपुर-१ का स्वतन्त्र उम्मेदवार यादव सिंह

    Above Article Content Ad
  • धनगढी- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका यादव सिंह झोला बोकेर घरदैलो गरिरहेका छन्। सिंहले पिठ्युमा झोला बोकेर पैदलै हिँडेर घरदैलो गरिरहेको बताएका छन्। उनले जनताका समस्या झोलामा बोकेर संसद भवनसम्मको पैदल यात्रा गर्ने संकल्प गरेर चुनावी अभियानमा लागेको बताएका छन्।

    प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर-१ मा १९ जना उम्मेदवार छन्। सिंहले झोला नै चुनाव चिह्न पाएका छन्। त्यसैले पनि उनलाई झोला बोक्दै र देखाउँदै प्रचारप्रासार गर्न सजिलो भएको छ।

    Article inline ad #1
  • उनले आफ्नो यात्रा पदका लागि नभएर कञ्चनपुर–१ का जनताको आगामी भविष्य निर्धारण गर्ने संकल्पका रुपमा लिएको बताएका छन्। ‘जनताको आवाज संसदसम्म पुर्यालउने अठोटसहित परिवर्तनको बाटोमा अघि बढेको छु। मैलै मेरो झोलामा यो क्षेत्रमा समस्या साँचेर सिंहदवारसम्म पुगाउने सपना बुनेको छु,’ सिंहले दिनेशखबरसँग भने।

    Article inline ad #2

    कञ्चनपुरको पुनर्वास नगरपालिका-१० भीमबस्तीका सिंहले स्नातक तहसम्मको अध्ययन पूरा गरेको बताएका छन्। उनले जेन्जी आन्दोलनको मर्मअनुसार युवा सहभागितालाई मध्यनजर गरी उम्मेदवारी दिएको बताएका छन्। ‘कञ्चनपुर- १ समस्या संसदसम्म पुर्याउन र समग्र क्षेत्रको विकासका लागि मैलै उम्मेदवारी दिएको हुँ। जनताको घरदैलोमै पुगेर आफ्ना कुरा भनिरहेको छु, माहोल राम्रो बनिरहेको छ,’ सिंहले भने।

    सिंहले यसअघि विद्यार्थी राजनीतिमा सक्रिय रहेको बताएका छन्। उनी अखिल क्रान्तिकारीको को २३ औं राष्ट्रिय सम्मेलनको उपमहासचिव पदको उमेदवार थिए। एक दसकको विद्यार्थी राजनीतिको बिट मार्दै आफू प्रतक्ष राजनीतिमा आएको सिंहले बताए।

    सिंहले राष्ट्रिय युवा परिषद्को सङ्घीय नमुना युवा संसद कार्यक्रमको प्रशिक्षक, सामाजिक न्यायका लागि माइतीघर मा सयौं आन्दोलनमा सहभागी भएको, कञ्चनपुरका विविध समस्या समाधानका निम्ति सधैं सडक, सञ्चार र सिंहदरवारसम्मै आवाज उठाएकाले मतदाताले आफूलाई विश्वास गर्ने बताएका छन्।

    सिंहले आफू राजनीतक र सामाजिक क्षेत्रमा क्रियाशील  रहँदै ‘परिवर्तनका लागि युवा अभियान’को संयोजक भएका थिए भने उनले जेन्जी आन्दोलनमा समेत अभियानको नेतृत्व गरेको दाबी गरेका छन्। उनले भने, ‘यो क्षेत्रमा मेरो युवा तथा सामाजिक अभियानकर्मी भन्ने पहिचान स्थापित छ, जेन्जी आन्दोलनमा सुशासन र भ्रष्टाचारको अन्त्यका लागि लड्दै आएको युवा हुँ। जेन्जी आन्दोलनलाई संस्थागत गराउन आमरण अनशन बसेको र सरकारसँग सम्झौता गरेको मेरो विगत छ, म यो पटक चुनाव जित्छु।’

    दिनेश खबरबाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by