Above Article Ad
  • आलु खाएर यसरी तौल घटाउनुहोस्

    Above Article Content Ad
  • काठमाडौं । आलु त्यस्तो तरकारी हो, जुन हरेक सागसब्जीसँग मिसाएर खान मिल्छ ।

    हामी प्राय: आलु कुनै न कुनै रूपमा खाइरहेका हुन्छौँ । आलु वास्तवमा तरकारीको राजा हो । यसमा पोषक तत्त्वहरू पनि प्रशस्त पाइन्छ । आलुमा सबैभन्दा बढी कार्बोहाइड्रेट हुन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ ।

    Article inline ad #1
  • साथै, यसमा भिटामिन सी, भिटामिन बी ६, पोटासियम जस्ता महत्त्वपूर्ण पोषक तत्त्वहरू पनि हुन्छ । भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई बढाउँछ र छालामा चमक ल्याउँछ ।

    Article inline ad #2
    भिटामिन बी ६ दिमागका कोषहरूका लागि आवश्यक छ भने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । आलुमा फाइबर पनि हुन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

    कति खाने आलु ?

    हेल्थलाइनको रिपोर्टअनुसार तौल छिटो घटाउनका लागि आलुको सेवन फाइदाजनक हुनसक्छ । यहाँसम्म कि यदि तपाईं पूरा दिन केही पनि नखाएर केवल आलु मात्र खाँदै हुनुहुन्छ भने तौल छिटो घट्न सक्छ । धेरै व्यायाम गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।

    रिपोर्टकाअनुसार कोही व्यक्ति अन्य खाद्य पदार्थ नखाएर १ देखि २ किलोसम्म स्वस्थ रूपमा आलु सेवन गर्छन् भने उसको तौल दैनिक ४५० ग्रामसम्म घट्न सक्छ । यसले कुनै नोक्सान पुर्‍याउदैन । तर, जहाँसम्म दैनिक खाने कुरा छ यो चाहिँ कुनै व्यक्तिको स्वास्थ्य अवस्थामा निर्भर गर्छ ।

    आलुले तब नोक्सान पुर्‍याउँछ, जब अस्वस्थ व्यक्तिले यसलाई धेरै मात्रामा सेवन गर्छन् । मधुमेह, उच्च कोलेस्ट्रोल वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सीमित मात्रामा आलु सेवन गर्नुपर्छ । तर, गलत तरिकाले पकाएमा यसले स्वस्थ व्यक्तिलाई पनि नोक्सान पुर्‍याउन सक्छ । जस्तै- डीप फ्राइ गर्दा अक्सिडेसन हुन्छ, जसले शरीरमा खराब बोसो निर्माण गर्छ र मोटोपना बढाउँछ ।

    मोटोपनाले धेरै अन्य रोगहरूलाई पनि बढाउँछ । त्यसैले यदि तपाईं आलु सही तरिकाले पकाउनुहुन्छ र यसको पोषण नष्ट हुँदैन भने यसले तौल बढाउने छैन । सामान्यतया कुनै पनि चिज धेरै खाइएमा त्यसको नोक्सान पनि हुन्छ ।


    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by