Above Article Ad
  • कंचनपुर क्षेत्र १(१) का स्वतन्त्र उम्मेदवार अधिकारीले स्थापना गरे सम्पर्क कार्यालय

    Above Article Content Ad
  • कञ्चनपुर निर्वाचन क्षेत्र १(क) प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारी ले निर्वाचन क्षेत्र नम्बर १ पुनर्वास मा सम्पर्क कार्यालय स्थापना गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी पुनर्वास वडा नं. ३ र ६ स्थित नगरपालिका चोकमा सम्पर्क कार्यालय खोलेका हुन् ।

    यस अघि लालझाडी गाउपालिका र पुनर्वास नगरपालिकाको वडा नम्बर ८ मा पनि सम्पर्क कार्यालय उदघाटन गरिएको छ । स्वतन्त्र उम्मेदवार अधिकारीलाई युवाहरुले साथ दिने प्रतिवद्धता दिएका छन्।

    Article inline ad #1
  • उनले घरदैलोका कार्यक्रमलाई समेत तिब्रता दिएका छन्। वर्षों सत्तामा रहेर काम नगरेका व्यक्तिहरु फेरि विकास गर्ने भन्दै मत मागि रहेको स्वतन्त्र उमेदवार अधिकारी को भनाई छ । ु१७ स् १८ वर्ष सत्तामा रहेका व्यक्तिहरु ५ वर्षभित्र विकास गर्ने भनेर मत मागि रहेका छन्, यतिका वर्ष विकास गर्न नसक्नेहरु ५ वर्षमा कसरी विकास गर्छन्, उनले भने, परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारलाई साथ दिनुपर्छ, राजनीति सेवा हो, पेशा होइन्, केही मान्छेहरुलाई राजनीतिलाई पेशा बनाएका छन्, यस्तो परिपाटीको अन्त्य गर्नुपर्छ। जहिले पनि नेता ले मात्रै निर्वाचन जित्ने परिपाटीको अन्त्य गरिनु पर्छ उनले भने ।

    Article inline ad #2

    व्यक्ति जित्ने जनतन हार्ने परिपाटीको अन्त्य गर्दै जनताको जित सुनिश्चितताका लागि स्वतन्त्र उमेदवार लाई जिताउन सके विकास र समृद्धि स्थापित हुने भएकोले अत्याधिक बहुमतले विजयी गराईदिन हुन अधिकारीले जनतामाझ अनुरोध गरेका छन ।

    सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा उपस्थित भेलालाई सम्बोधन गर्दै आफ्नो जित सुनिश्चित रहेको अधिकारीले दावी गरे । स्वतन्त्र उम्मेदवार  अधिकारीलाई सहयोग गर्न विभिन्न पार्टी निकटका प्रतिनिधिहरूले समेत  अधिकारी जिताउ अभियानमा सक्रिता देखाएका छन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button