
दलित समुदायका उर्जावान युवा केशव सार्कीले पाए काङ्ग्रेसमा पुनर्वास नगर सचीवको जिम्मेवारी
पुनर्वास – नेपाली काङ्ग्रेस पार्टीबाट वडा सदस्यमा निर्वाचित दलित समुदायका उर्जावान युवा केशव सार्कीले पार्टीको जिम्मेवारी पाएका छन् ।
नेपाली काङ्ग्रेसको १५ औं महाअधिवेशन अन्तर्गत पुनर्वास नगर कार्यसमितिमा वडा सदस्य तथा दलित समुदायका उर्जावान युवा सार्कीले सचिव पदको जिम्मेवारी पाएका हुन् ।
उनी पुनर्वासका लागि पहिलो पटक नेपाली कांग्रेसको कार्यकारी पदमा दलित समुदायबाट समावेश भएका हुन् ।
लामो समयदेखी पार्टीमा सक्रिय रुपमा रहेका सार्की हाल पुनर्वास नगरपालिकाको न्यायीक समितीको न्यायिक समितिको जिम्मेवारीमा पनि छन् ।
वर्तमान परिप्रेक्षमा पुराना पार्टीहरु प्रति जनताको वितृष्णा फैलिरहेका बेला सबै जाती, समुदाय र युवा लक्षित कार्यक्रम गर्दै गाउँटोल,समुदायमा समाजिक अभियान मार्फत पार्टी संगठनलाई मजबुत बनाउदै अघि बढ्ने योजना रहेको सार्कीले बताए ।
आफू दलित समुदायको व्यक्ती भएकाले दलित समुदायमा रहेका अनेकौ समस्याको समाधानका लागि अगाडि बढ्ने उनको भनाई छ ।















