Above Article Ad
  • झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

    Above Article Content Ad
  • झापा –झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।

    कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।

    Article inline ad #1
  • प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिए । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेको कारागार प्रशासनले जनाएको छ ।

    Article inline ad #2

    लागुऔषधका मुद्दा सबैभन्दा बढीझापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका छन् । कारागार प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् ।

    त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् । बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन् ।

    हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ । कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव ९डिपिआर० तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

    विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6