Above Article Ad
  • सरकारको कर नीतिविरुद्ध सुनचाँदी व्यवसायी आन्दोलित

    Above Article Content Ad
  • पुनर्वास -सरकारले बजेटमार्फत ल्याएको कर संरचना तथा अप्रत्यक्ष करको नीति विरुद्ध सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्।

    नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आह्वानमा देशभरका व्यवसायीले अनिश्चितकालीन व्यवसाय बन्दसहित चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्। दुवै महासंघले शुक्रवार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै असार २२ गतेदेखि देशभरका सम्पूर्ण जिल्ला, नगर, वस्तुगत तथा एसोसिएट सदस्यहरूलाई विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

    Article inline ad #1
  • महासंघका अनुसार सरकारले बजेटमार्फत सुनचाँदी व्यवसायलाई प्रभावित गर्ने गरी लादेको कर प्रणालीले व्यवसाय नै धराशायी बनाउने खतरा उत्पन्न भएको छ। विज्ञप्तिमा उल्लेखित कार्यक्रमअनुसार असार २२ गते आइतवारदेखि जिल्लास्तरीय प्रशासन कार्यालयहरूमाथि सांकेतिक विरोध प्रदर्शन गरिएको छ। कैलाली जिल्ला सुन चाँदी व्यवसायी संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको हो।

    Article inline ad #2

    २३ गते सोमबार भने आन्तरिक राजस्व कार्यालय अगाडि प्रदर्शन गरिएको छ। सुन चाँदी व्यवसायी संघ कैलालीका सचिव प्रकाश भण्डारीले कैलालीसहित देशभर सुन चाँदी व्यवसायीहरूले २४ गते उपभोक्ता सचेतना अभियान, २५ गते मोटरसाइकल ¥याली, र २६ तथा २७ गते काठमाडौंमा केन्द्रीय रूपमा बृहत् विरोधसभा आयोजना गरिने बताए।

    यस्तै, महासंघका महासचिव नीरबहादुर विश्वकर्मा र किरणप्रसाद बज्राचार्यद्वारा हस्ताक्षरित सूचनामा असार २६ र २७ गतेको विरोधसभा काठमाडौंमा ‘राष्ट्रिय रूपमै बहस तथा खबरदारी सभा’का रूपमा आयोजना गरिने उल्लेख छ। उपत्यका बाहिरका जिल्ला र नगरहरूमा भने स्थानीय सन्दर्भ अनुसार कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ। सुनचाँदी व्यवसायीहरूले लामो समयदेखि कर नीति सरलीकरणको माग गर्दै आएका छन्।

    तर, सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत लागू गरेको कर संरचनाले व्यवसायलाई धरापमा पार्ने भन्दै विरोध चर्किंदै गएको हो। महासंघका पदाधिकारीहरूले सरकारलाई व्यवसायमैत्री नीति अपनाउन आग्रह गर्दै चेतावनी दिएका छन्। सुन चाँदी व्यवसायी संघका कैलाली अध्यक्ष यदु सुनारले सरकारले माग सम्बोधन नगरे आन्दोलन थप चर्काउने बताए।

    उनले काठमाडौंमै गएर देशभरका व्यवसायीले सरकारको कर नीति विरुद्ध आन्दोलन गर्ने तयारी थालिएको बताए। ‘यो आन्दोलनले सुनचाँदी बजार ठप्प पार्ने सम्भावना रहेको छ। सरकारले व्यवसायी र उपभोक्ता मारा कर नीति ल्याएको छ,’ उनले भने, ‘सुन चाँदी व्यवसायी, कालीगढ उनीहरूमा आश्रित परिवार र सम्पूर्ण उपभोक्तालाई समेत असर पर्ने देखिएको छ। अब काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने अवस्था आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by