
धनगढीको कान्तिपुर डेण्टल होम र सनराइज बैङ्क बीच उपचारमा छुट सम्झौता
Above Article Content Ad
धनगढी । कैलालीको धनगढीमा अवस्थित कान्तिपुर डेन्टल होम धनगढी र लक्ष्मी सनराइज बैङ्क बिच दन्त उपचारमा छुट दिने सहमति भएको छ ।
आईतबार कान्तिपुर डेन्टलका तर्फबाट प्रबन्धक निर्देशक डा. रितराज खड्का र कर्मचारी त्यस्तै, बैङ्कको तर्फबाट क्षेत्रीय संचालक अधिकृत सुरेश भट्ट र धनगढी शाखा प्रबन्धक राजसिंह पुजराले सम्झौतामा हस्ताक्षर गर्दै बैंकका कर्मचारी र अकाउन्ट् होल्डरहरुलाई उपचारमा छुट दिने सहमति भएको हो ।
Article inline ad #1
कान्तिपुर डेन्टल होमले सुदूरपश्चिम प्रदेशमा रहेका लक्ष्मी सनराइज बैङ्कका सबै शाखाका सम्पूर्ण कर्मचारी तथा अकाउन्ट होल्डरहरुलाई विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म उपचारमा छुट दिने सहमति भएको डा.खड्काले जानकारी दिनुभयो ।
Article inline ad #2
उहाँले आजका मिति देखि एक वर्षसम्मको लागि उपचारमा बैंकसंग छुट सम्झौता भएको बताउनुभयो ।
यस्ता छन् छुट सेवाका प्रकार !
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad