Above Article Ad
  • कुण्डा सब डिभिजन कार्यालय पचकडियाद्वारा विभिन्न प्रजातीका विरुवा वितरण सुरु

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको दक्षिणी क्षेत्रलाई लक्षित गरि कुण्डा सब डिभिजन कार्यालय पचकडियाले विभिन्न प्रजातीका बिरुवा वितरण सुरु गरेको छ ।

    यस वर्ष डिभिजन वन कार्यालय कंचनपुरको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत टिक मसाला,सिसौ,टागी,कोईरालो,बकाईनो, मरिङ्गा(सितल चिनी),अम्बा लगायतका ५० हजार बिरुवा वितरण सुरु गरिएको कुण्डाका सहायक बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।

    Article inline ad #1
  • बनले ५० बिरुवाको लागि नेपाली नागरिकता को प्रतिलिपि ५० देखि ५०० बिरुवा सम्म को लागि जग्गाधनी प्रमाणपत्र ५०० बिरुवा भन्दा माथि स्थानिय बडा कार्यालयको सिफारिस बिधालय ,संघ संस्था सार्वजनिक निकाय कार्यालयले बृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताए ।

    Article inline ad #2

    कार्यक्रम बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बिरुवा बितरण गरिए सँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिए ।

    ” हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं, काठ दाउरा डाले घाँसमा आत्मनिर्भर बनौ” राष्ट्रिय नारा सहितको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना,पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनराज थापा, वडाध्यक्ष,वन कार्यालयका कर्मचारी लगायत स्थानिय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6