
त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रयोगशालाकर्मी धामी पुरस्कृत
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका अन्तर्गत त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा कार्यरत प्रयोगशालाकर्मी जनक सिंह धामी पुरस्कृत भएका छन् ।
प्रयोगशालाकर्मी धामी असाेज २५ र २६ गते धनगढीको होटल साईनोमा प्रदेश जनस्वास्थ्य प्रयाेगशाला धनगढीद्वारा आयोजित सुदूरपश्चिम प्रदेश स्तरिय प्रयाेगशाला सम्बन्धि २ दिने बार्षिक समीक्षा गाेष्ठीमा पुरस्कृत भएका हुन् ।
सुदुरपश्चिममै नमुना प्रयोगशालाको रुपमा त्रिभुवनबस्ती स्वास्थ्य चौकीलाई व्यवस्थित गरी उत्कृष्ट सेवा दिए वापत सहभागी ९ जिल्ला भरीकै प्रयोगशालाकर्मीका बीच उनलाई दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।
उनी पुनर्वास नगरपालिकामा विगत १० वर्षदेखि स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित गर्नमा निरन्तर कटिबद्ध भई काम गर्ने प्रयोगशालाकर्मीका रुपमा चिनिन्छन ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक राम प्रसाद ओझाकाे अध्यक्षता तथा सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेकाे प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा स्वास्थ्य निर्देशक डा.जगदिश जाेशी,स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र सिंह कार्की , प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डा.निरज अर्याल ,सामाजिक विकास मन्त्रालयकन चिकित्सा महाशाखा प्रमुख डा.चेतराज जाेशी ,प्रादेशिक आायूर्बेद चिकित्सालयका निर्देशक डा.खगेन्द्र बम, प्रादेशिक स्वास्थ्य प्रबर्द्धन केन्द्रका प्रमुख हेमराज खड्का , स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी र मेडिकल ल्याबाेरेटाेरी एसाेसिएसन अफ नेपाल (मेलान)का अध्यक्ष दिपेन्द्र तिवारीकाे आतिथ्यता रहेको थियो ।