
एसपिएल एकेडेमी भलिबल प्रतियोगिता ः छात्रातर्फ गौरीशंकर र छात्रतर्फ सरस्वती मावि उत्कृष्ट
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीले बिद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
आज (सोमबार) भएको फाईनल प्रतियोगितामा छात्रातर्फ गैरीशंकर माध्यामिक बिद्यालय प्रथम,पुनर्वास जनता माध्यामिक बिद्यालय द्धितिय र युगज्योति एकेडेमीले तृतिय स्थान हासिल गरेको थियो ।
त्यस्तै,छात्रतर्फ सरस्वती माध्यामिक विद्यालय मोतिबस्ती प्रथम, एसपिएल एकेडेमी द्धितिय र शिदार्थ पब्लिक स्कुलले तृतिय स्थान ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल खगेन्द्र जोशीले जानकारी दिए ।
बिद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा पुनर्वास नगरपालिका भित्रका निजि तथा सामुदायिक बिद्यालयबाट छात्रा तर्फ १० टिम र छात्र तर्फ १६ टिमको सहभागिता रहेका थियो ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार ,द्धितिय हुने टिमलाई ८ हजार र तृतिय हुने टिमलाई ५ हजार पुरस्कार र प्रमाणपत्र रहेकोे प्रिन्सिपल जोशीले बताए ।
पुरस्कार भने मंगलबार बिद्यालयको वार्षिक उत्सव समारोहमा वितरण गरिनेछ ।