
आजबाट धनगढीमा सुरु हुँदै सुदूरपश्चिम महोत्सव
Above Article Content Ad
धनगढीः धनगढीमा सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण आजबाट सुरु हुने भएको छ। महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन।
कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ। संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल रहेका बताए। महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ। संघले कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रिक, होटेललगायतका स्टलहरू रहने जनाएको छ।
Article inline ad #1
महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टिकट लाग्ने छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
Promote our brand and get paid—enroll in our affiliate progr...