Above Article Ad
  • पुनर्वासमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मेयर शर्माद्वारा उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा सातौं संस्करणको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ ।
    शुक्रबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको हो ।

    उद्घाटन पछि १५ सय मिटर छात्र र छात्राको खेल आयोजना गरिएको थियो । जसमा छात्रतर्फ पुनर्वास जनता माध्यमिक विद्यालयका धनबहादुर सार्कीले स्वर्ण पदक, शान्ति माध्यमिक विद्यालयका अमृत चौधरीले रजत र जिवन ज्योति माध्यमिक विद्यालयका भक्त भुलले कास्य पदक प्राप्त गरेका थिए ।

    Article inline ad #1
  • त्यस्तै, छात्रातर्फ जिवन ज्योति माध्यमिक विद्यालयका पवित्रा सार्कीले स्वर्ण पदक , राष्ट्रिय माध्यमिक बिद्यालय अमरबस्तीका नन्दा खड्का रजत र जिवन ज्योति माध्यमिक विद्यालयका कल्पना बिष्टले कास्य पदक प्राप्त गरेका हुन् ।

    Article inline ad #2

    पुनर्वास नगरपालिकाको ७ लाख बजेटमा आयोजना गरिएको सो प्रतियोगिता पुनर्वास-८, स्थित बागिश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भईरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button