Above Article Ad
  • सशस्त्र प्रहरीद्वारा बेलौरी सीमा क्षेत्रबाट १ लाख २० हजार बराबरको हार्डवेयर सामान बरामद

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटिया सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको हार्डवेयर सामान बरामद गरेको छ।

    सशस्त्र प्रहरी बल नेपाल, फर्वार्ड बेस कार्गिलडाँडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक केवल ओलीको नेतृत्वमा खटिएको पाँच सदस्यीय सीमा गस्ती टोलीले यू.पी. ३१ सी ०८१२ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरी ल्याइएको हार्डवेयर सामान नियन्त्रणमा लिएको हो।

    Article inline ad #1
  • सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको मोटरसाइकल र हार्डवेयर सामानको अनुमानित मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ।

    Article inline ad #2

    बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6