Above Article Ad
  • सार्वजनिक पोखरीमा डुबेर एक जनाको मृत्यु

    Above Article Content Ad
  • जनकपुरधाम- जनकपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-४ का ४५ वर्षीय रविनलाल कर्ण छन् ।

    मंगलबार सवा ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजार छेउमा रहेको सार्वजनिक पोखरीमा नुहाउन पसेका उनी डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरीको गोताखोर टोलीले रातिदेखि नै उनको खोजी गरेको थियो । तर, आज बुधबार मात्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।

    Article inline ad #1
  • उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by