
बैतडीमा घरको छाना फुटाएर चोरी गर्ने वडा सदस्यसहित ४ जना पक्राउ
Above Article Content Ad
बैतडी –बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उनीहरूलाई करिब एक महिनाअघि भएको चोरीको घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।
Article inline ad #1
प्रहरीका अनुसार दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा घरधनी नभएको समयमा छत फोडेर तामाका भाँडाकुँडा चोरी भएको थियो ।
उक्त घटनामा संलग्न रहेको आशङ्कामा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














