Above Article Ad
  • फरवार्ड बेस कार्किलडाँडाद्धारा ४ लाख मुल्य बढीको अबैध सामान बरामद

    शुक्रबार मात्रै १४ हजार मूल्यको प्रतिवन्धीत माछा नष्ट

    Above Article Content Ad
  • कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारीसे अवस्थामा छाडीएको प्रतिवन्धीत माछा नष्ट गरीएको छ । बेलौरी १ फटैया सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपालको क्षेत्रमा ल्याई छाडेको १४ हजार मूल्य बराबरको ४० किलो प्रतिवन्धीत माछा बरामद गरेर नष्ट गरेको हो ।शुुक्रबार फरवार्ड बेस कार्किलडाँडाका सशस्त्र प्रहरी नायब निरिक्षक भरत बहादुर विष्टको कमाण्डमा खटिएको ५ जनाको पैदल सिमा गस्ती टोलीले १४ हजार मूल्य बराबरको ४० किलो प्रतिवन्धीत माछा बरामद गरेर नष्ट गरेको फरवार्ड बेस कार्किलडाँडाले जनाएको छ । बरामद प्रतिवन्धीत माछा जनप्रतिनिधि, स्थानीय र पत्रकारकोे रोहबरमा नष्ट गरिएकोे छ ।यस्तै फरवार्ड बेस कार्किलडाँडाका सशस्त्र प्रहरी नायब निरिक्षक भरत बहादुर विष्टले कमाण्ड समाले यता ४ लाख बढीको सामान बरामद गर्नुभएको छ । जसमध्ये ६६ हजार ४ सय मुल्य बराबरको अखाद्य बस्तु नष्ट गरीएको छ भने ३ लाख ३४ हजार ९ सय ४८ मुल्य बराबारको सामान भन्सार दाखीला गरेको फरवार्ड बेस कार्किलडाँडाले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button