Above Article Ad
  • कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दै

    Above Article Content Ad
  • धनगढी- कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दै जाँदा मानवीय क्षति वर्षैपिच्छे दोहोरिन थालेको छ। पछिल्लो घटना गत मङ्गलबार राति भएको हो, जब भीमदत्त नगरपालिका–१४, वनकट्टीका नन्दलाल विष्टको घरमा हात्ती पसेर उत्पात मच्चायो र ४५ वर्षीया उनकी श्रीमती धनाको ज्यान लियो। कच्ची घर भत्काएर भित्र छिरेको हात्तीले पिठिउँ, कुम र खुट्टामा गम्भीर चोट पु¥याएको थियो, जसका कारण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।

    यसअघि पनि असोज २ गते बेलौरी नगरपालिका–३ का ६० वर्षीय श्रीप्रसाद आचार्यलाई पुष्पलाल स्मृति सामुदायिक वन नजिकै जङ्गली हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। यी दुवै घटना हाल कञ्चनपुरमा बढिरहेको मानव–वन्यजन्तु द्वन्द्वका प्रतिनिधि उदाहरण हुन्।

    Article inline ad #1
  • डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तथ्यांक अनुसार पछिल्लो सात वर्षमा हात्तीको आक्रमणबाट १२ जनाले र बाघको आक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ८ जना सख्त घाइते र १८ जना सामान्य घाइते बनेका छन्। आर्थिक वर्ष २०७६÷७७ मा तीन, २०७८÷७९ मा तीन, २०७९÷८० मा दुई, २०८१÷८२ मा दुई र हाल २०८२÷८३ मा पनि दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको देखिन्छ।

    Article inline ad #2

    शुक्लाफाँटा नगरपालिका–१ का बलदेव बोहोरा, नगरपालिका–१२ का धोजबहादुर कार्की र मथुरादेवी कार्की, लालझाडी–४ का रामदल राना, बेलौरी–६ का उमेश चौधरी र बेलौरी–३ का श्रीप्रसाद आचार्यलगायतले हात्तीको आक्रमणमा ज्यान गुमाएका छन्। त्यस्तै, बेलौरी–८ की गङ्गादेवी चन्द र दोधारा–चाँदनी–२ का २३ वर्षीय हीरा शाह बाघको आक्रमणमा परेका थिए।

    हात्ती, बँदेललगायतका वन्यजन्तुको आक्रमणबाट वेदकोट–३ की पद्मा कुँवर, पुनर्वास–१० की लक्ष्मीदेवी जोशी, परी विष्टलगायत गम्भीर घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ। कञ्चनपुरको निकुञ्ज, मध्यवर्ती क्षेत्र र मोहना–लालझाडी कोरिडोरमा हात्तीको आक्रमण अन्य जनावरकोभन्दा धेरै हुने गरेको छ।

    करिब ५० हात्तीमध्ये विशेषगरी दाह्रा नभएको भाले ‘मकुना’ र पुच्छर छोटो भएको ‘लेदे’ गरी दुई निष्कासित हात्तीले मानवीय क्षति बढाइरहेको निकुञ्ज कार्यालय बताउँछ। मातृसत्तात्मक रूपमा चल्ने हात्ती झुन्डबाट निकालिएका यस्ता हात्तीले परम्परागत बाटो र बासस्थान बिर्सँदा मानवबस्तीमा पस्ने र जनधनको क्षति गराउने गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले बताउँछन्। उनका अनुसार, हात्ती–मानव द्वन्द्व पछिल्ला वर्षमा तीव्र बनेको छ र हात्तीले हरेक वर्ष मान्छेको ज्यान लिईरहेको तथ्य आफैंमा चिन्ताजनक छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by